coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

घरेलु टाेली पाेखराकाे दाेस्राे जित, चितवन ५ विकेटले पराजित

काठमाडाैं - घरेलु टोली पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्राे जित निकालेको छ। प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा पोखराले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्‍याे। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पोखराले १७ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍याे।

साेमबारकाे जितसँगै पाेखराले प्रतियाेगितामा खेलेका तीन खेलमध्ये २ मा जीत निकालेकाे छ भने एक खेलमा हार व्यहाेरेकाे छ। यस्तै पारस खड्काकाे कप्तानीमा रहेकाे चितवनले भने लगातार दाेस्राे हार व्यहाेर्दै दवावमा परेकाे छ। पाेखराकाे जितमा रभिन्दर सिं नायक रहे। उनले ६५ रन बनाए। ४८ बलकाे सामना गरेका उनले कुल ८ चाैका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान शरद भेष्वाकरले २० बलमा ३७ रन प्रहार गरे। चितवनका करन केसीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट लिएपनि अाफ्नाे टाेलीलार्इ जीत भने दिलाउन सकेनन्। कप्तान खड्काले ८ खेलाडीलार्इ बलिङमा ल्याएपनि पाेखरालार्इ राेक्न भने सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे चितवनका लागि ओपनिङ् ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपनि मध्यक्रमका ब्याट्सम्यान कप्तान पारस खड्का र सन्नी पटेलले महत्वपूर्ण इनिङ खेल्दै अाफ्नाे टाेलीलार्इ सम्मानजनक याेगफल दिलाएका थिए। कप्तान पारस खड्काले ४४ रन जोड्दा सन्नी पटेलले अविजीत रहँदै ४६ रन जोडे। खड्का र पटेलकाे उत्कृष्ट ब्याटिङसँगै चितवनले निर्धारित २० अाेभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन जाेडेकाे थियाे। पोखराका लागि विक्रम भुसालले २ विकेट लिए।

प्रकाशित: १२ कार्तिक २०७५ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App