coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रेडियो धादिङको भवन भत्काइयो, एमालेको आपत्ति

धादिङ-नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन आज बिहान उज्यालो नहुँदै जिल्ला वन कार्यालय, धादिङले भत्काइदिएको छ ।

गत साउन ३० गते दिउँसो उक्त भवन भत्काउन खोज्दा स्थानीयवासीले विरोध गरेका कारण भत्काउन नसकेकोमा आज बिहान ४ बजे नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सशस्त्र बल रक्षकको सहयोगमा डोजर लगाएर दुवै भवन भत्काइएको हो ।

रातिको समयमा डोजर लगाएर भवन भत्काउँदा त्यहाँ बस्नेले रेडियो धादिङ र महिला सुरक्षा भवनको कुनै सामान झिक्न पाएनन । रेडियो धादिङको सञ्चालन ग्रामीण सञ्चार सहकारी संस्थाले गर्दै आएको छ ।

एमालेबाट विरोध

नेकपा (एमाले) ले रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा गएराति सुरक्षाकर्मीबाट आक्रमण भएकोमा आपत्ति जनाएको छ ।

स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका–८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैर जिम्मेवारी र स्थानीय प्रशासनको पूर्वाग्रह झल्किएको तथा यसले कानुनी राज्यको समेत खिल्ली उडाइएको एमालेले जनाएको छ । रासस

एमालेको विज्ञप्तिः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App