coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

ओलीको स्वास्थ्य अपडेट: छातिमा संक्रमण छ, चिनीको मात्रा सन्तुलित छैन (भिडियो)

प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी गराउँदै डा. दिव्या सिंह। तस्बिर : केशव थोकर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्।प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको  मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको आइसियूमा राखेर उपचार गरिएको छ।

सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीको छातिमा संक्रमण देखिएको छ र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिनुका साथै अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए। उनले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेपनि केही दिन अस्पतालमै राखेर डाक्टरको निगरानीमा उपचार गर्नुपर्ने बताए।

प्रधानमन्त्रीको उपचारमा डा‍.अरुण सायमीको नेतृत्वमा डा. दिव्या सिंह, डा.सन्त दास सम्मिलित तीन सदस्यीय चिकित्सक टोली खटाइएको छ।

प्रधानमन्त्रीको उपचारमा डा‍.अरुण सायमीको नेतृत्वमा डा. दिव्या सिंह, डा.सन्त दास सम्मिलित तीन सदस्यीय चिकित्सक टोली खटाइएको छ। डा.सायमिका अनुसार छातिमा संक्रमण भएकाले ओलीको स्वासप्रश्वासमा समस्या देखिएको छ।

प्रधानमन्त्री ओलीका नीजि चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीले दसैंको समयमा धेरै जनालाई टीका लगाउँदा संक्रमण भएको बताइन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे अनेक अड्कलबाजी गरिएपनि स्थिति सामान्य रहेको उनका सहयोगीले जानकारी दिएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आज बिहान प्रधानमन्त्री स्वयं गाडी चढेर अस्पताल गएका हुन्। ११ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यस्थिति आफैमा संवेदनशिल छ। उनी शनिवार आयोजित चियापान कार्यक्रममा सहभागि भएका थिएनन् भने आइतवार मन्त्रिपरिषद बैठकमा केहि क्षणमात्र सामेल भएका थिए।  

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल, मन्त्रीहरु, नेकपाका नेता, कार्यकर्ता तथा सर्वसाधारणहरु अस्पताल पुगेका छन्। भिडियो: केशव थोकर

प्रकाशित: १२ कार्तिक २०७५ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App