coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विराटनगर टाइटन्सद्वारा काठमाडौं राेयल्समामु १५० रनको लक्ष्य प्रस्तुत

काठमाडौं – पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४९ रन बनाएपछि काठमाडौंले १५० रनको लक्ष्य पाएको हो।

पहिलो विकेटका लागि ओपनर सुनिल धमला र मोहम्मद जाइद अालमले ६५ रनको साझेदारी गरेका थिए। सुनिल १०.१ ओभरमा सुसन भारीको बलमा क्याट आउट भए। सुनिलले आउट हुनअघि २९ बलमा १ चौंका र ३ छक्काको मद्दतमा ३० रन बनाएका थिए।

विराटनगरका लागि मोहम्मद जाइदले सर्वाधिक ६७ रनको अर्धशतकिय पारी खेले। जाइदले १५.३ ओभरमा आउट हुनुअघि ४७ बलमा ७ चौंका र ४ छक्का प्रहार गरे। त्यस्तै राजेशपुलामी मगरले २७ बलमा १ चौंका र १ छक्काको सहायतामा ३० रन जोडेपनि अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन।

काठमाडौं रोयल्सका लागि सुसन भारी बसन्त रेग्मी र गौरव टोमारले समान २–२ विकेट लिए।

विराटनगर टाइटन्स पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा धनगढी ब्लुजसँग पराजित भएको थियो। विराटनगर पुछारबाट दोस्रो स्थानमा छ। यता पहिलो खेलमा धनगढी ब्लुजलाई हराएर सुखद सुरुवात गरेको काठमाडौं लगातार दोस्रो जितको खोजीमा छ । काठमाडौं १ खेलबाट २ अंक जोडेर लिगको तेस्रो स्थानमा छ।

तस्बिरहरूः उमेश पुन/नागरिक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App