coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार : अस्पताल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ। प्रधानमन्त्री ओलीको छातिमा संक्रमण देखिएको तथा शरिरमा चिनिको मात्रामा असन्तुलित देखिएको बताइएको छ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिनुका साथै अरु स्वास्थ्य अवस्था सामान्य रहेको बताए। उनले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेपनि केही दिन अस्पतालमै राखेर डाक्टरको निगरानीमा उपचार गर्नुपर्ने बताए।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमिका अनुसार छातिमा संक्रमण भएकाले अाेलीकाे स्वासप्रश्वासमा समस्या देखिएको हो।

अाेलीकी नीजि चिकित्सक डा. दिब्या सिंहले प्रधानमन्त्रीले दसैंको समयमा धेरै जनालाई टीका लगाउँदा संक्रमण भएको बताइन्। उनले कार्डियोथोरासिक भास्कुलर सेन्टरको आइसियुमा भर्ना गरेर प्रधानमन्त्रीको उपचार भइरहेको बताइन्। प्रधानमन्त्रीलाई थप उपचारका लागि अहिले नै बिदेशमा लग्ने विषयमा केही नसोचिएको पनि उनले जानकारी दिइन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App