८ वैशाख २०८१ शनिबार
कला

‘झुम्की’ को प्रिमियर शो अायाेजना

काठमाडौं – कमलरी प्रथामा आधारित ’झुम्की’ फिल्मको प्रिमियर शो बिहीबार राजधानीको बिग मुभिजमा आयोजना गरियाे। फिल्मको प्रिमियर शोमा अभिनेता दयाहाङ राई, रविन्द्रसिंह बाँनिया र मलिना जोशीलगायत फिल्म आवद्ध कलाकारहरु उपस्थित भएका थिए।

हाल कोरियामा सांस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेकी ‘झुम्की’ फिल्ममा मूख्य भूमिका निर्वाह गरेकी अभिनेत्री रेश्मा गुरुङ भने प्रिमियरमा अनुपस्थित भइन्। निर्देशक अपिल बिष्टले ‘झुम्की’ फिल्मलाई निर्देशन गरेका हुन्। ‘माओवादी द्धन्द्धकालको पृष्ठभूमिमा एक थारु युवतीको प्रेमकथालाई फिल्मको कथावस्तु बनाएको छु,’निर्देशक बिष्टले भने, ‘फिल्मको कथावस्तु राम्रा भएकाले दर्शकहरुले फिल्म मनपराउनु हुनेछ भन्नेमा आशावादी छु।’

निर्देशक बिष्ट यसअघि ‘दासढुंगा’ र ‘ऋतु’ फिल्ममा निर्माताको रुपमा देखिइसकेका छन्। लभस्टोरी फिल्म ‘झुम्की’ दाङ जिल्लाकी थारु युवतीसँग प्रेम गर्ने एक प्रहरीले भोगेका उतारचढावपूर्ण घटनाको वरिपरि घुमेको कथा हो। ‘झुम्की’ फिल्ममा रामबाबु गुरुङको कथा, पटकथा र संवाद रहेको छ।

शुक्रबारदेखि रिलिज भएको फिल्मलाई अपिल फिल्म्स्को ब्यानरले निर्माण गरेको हो। फिल्ममा संगीतकार कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन् भने सिनेमेटोग्राफर शैलेन्द्रडी कार्कीले फिल्म खिचेका हुन्।

तीन चरणमा सिध्याइएको फिल्मको सुटिङ दाङ लमही, नारायणघाट, बुटवल र राजधानी वरपर सम्पन्न गरिएको छ।

अभिनेता दयाहाङ राई, रेश्मा गुरुङ, प्रमोद अग्रहरी मलिना जोशी, मनोज आरसी, भोलाराज सापकोटा, रविन्द्रसिंह बानियाँ, विजय बराल, सुमिता कार्की, प्रेमवर्षा खड्का र बाल्मिकी पोखरेल लगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।

तस्बिरहरूः प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App