७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोमा पुरिएका तीनवटा शव निकालेर काठमाण्डौँ लगियो

गोरखा–उत्तरी गोरखाको केरौँजा–९ मा बीहिबार पहिरोमा परी मृत्यु भएकामध्ये तीनजनाको शव शुक्रबार पोष्टमार्टमका लागि काठमाण्डौँ लगिएको छ।

स्पेनिस नागरिक म्यानुयल रेप, दोर्जे लामा र छिरी शेर्पाको शव टिचिङ अस्पताल लगिएको हो। बिहीबार निरन्तर पहिरो बगिरहँदा शव निकाल्न समस्या भएको थियो।

पहिरोमा बेपत्ता रञ्जना गुरुङको शव बुढीगण्डकीले बगाएर बेपत्ता बनाएको हुनसक्ने शंकामा खोजी भईरहेको प्रहरीले जनाएको छ।  प्रहरी र स्थानीयले पहिरोबाट शव निकालेपछि हेलिकप्टरबाट टिचिङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी जनकराज पाण्डेयले बताए।

पहिरोमा घाईते भएकामध्ये ८ जनाको अवस्था समान्य रहेकाले डिस्चार्ज भईसकेको र ६ जनाको बयोधा अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ७ आश्विन २०७३ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App