मेलम्ची अायाेजनाका गाडीमा पहुँचवालाको रजाइँ

सोमबार, १२ कार्तिक २०७५, ०६ : १४ सुनिल सापकाेटा

काठमाडौं - तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए। उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले मर्मत गरेर प्रयोग गर्ने प्रयास सम्भव नभएपछि मेलम्ची खानेपानी आयोजनालाई गाडी क्षेत्रीय कार्यालयमा रहेको जानकारी गरायो।

२०७३ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सचिवालयलाई प्रयोग गर्न आवश्यक प-यो भन्दै मेलम्ची आयोजनाको बा१झ ८७५९ नम्बरको प्राडो गाडी माग्यो। प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको ठाडो आदेशमा लगिएको उक्त गाडी अहिले कसले प्रयोग गरिरहेको छ भन्नेमा आयोजना नै बेखबर छ।

तत्कालीन अवस्थामा सहरी विकास मन्त्रालयमा सचिवको जिम्मेवारी समालेपछि दीपेन्द्रनाथ शर्माले मेलम्ची आयोजनामा भएको सबैभन्दा, महँगो, राम्रो र नयाँ गाडी उपलब्ध गराउन आयोजनालाई दबाब दिए। आयोजनाले बा१झ ८०९४ नम्बरको ल्यान्ड क्लुजर गाडी सचिव शर्माका लागि भनेर सहरी विकास मन्त्रालयमा पठाइदियो। आयोजनाका नाममा रहेको उक्त गाडीमा सचिव शर्माले रातो नम्बर प्लेट हाल्न लगाए। उनले रातो नम्बर प्लेट राखिएको आयोजनाको उक्त गाडीको नम्बर अहिले बा८च ६७६० छ। शर्मा अहिले पनि सोही गाडी चढेर हिँडिरहेका छन् । उनी हाल प्रधानमन्त्री कार्यालयमा सचिव छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले पनि आयुक्त भएदेखि नै मेलम्ची आयोजनाको बा१झ ८७६३ नम्बरको प्राडो गाडी प्रयोग गरिरहेका छन्। मेलम्ची आयोजनाको नाममा रहेको उक्त गाडी पनि प्राधिकरणका आयुक्तहरुले पहुँच र प्रभाव देखाएर लगेको स्रोतले बतायो। तिवारीले आफ्नो क्षेत्राधिकारभित्र नरहेको मेलम्ची आयोजनाको गाडी प्रयोग गर्नु अनुचित र अनैतिक भएको ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता श्री हरि अर्यालको भनाइ छ।

राजनीतिक र अन्य प्रभावका आधारमा मेलम्ची खानेपानी आयोजनाका गाडी दुरुपयोग गरिएका यी केही उदाहरण हुन्। आयोजनाले काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउने भाका सार्दै आए पनि सरकारपिच्छेका मन्त्रीलाई गाडी उपलब्ध गराउन भने छाडेको छैन। माग हुनासाथ ठाउँका ठाउँ आयोजनाले गाडी उपलब्ध गराउँछ। खानेपानी तथा सरसफाइ मन्त्रालयका एक सहसचिवले मेलम्ची आयोजनाका नाममा खरिद गरिएका गाडी दुरुपयोगको अवस्था हेर्दा यो पानी वितरण, व्यवस्थापन आयोजना नभई गाडी वितरण तथा व्यवस्थापन आयोजना हो जस्तो लागेको बताए। आयोजनाले भिआइपीलाई गाडी बाँडेजसरी नै आयोजना निर्माणमा ध्यान दिएको भए पटकपटक काठमाडौंवासीले मेलम्चीको पानी खाने भाका सरेको देख्नुपदैनथ्यो। उनले जिम्मेवार अधिकारीको यस्तै किसिमका हर्कतले आयोजनामा ढिलाइ र अनियमितता भएको जिकिर गरे।

नागरिकलाई प्राप्त विवरण अनुसार आयोजनासँग झन्डै ६० वटा गाडी छन्। त्यसमध्ये ३० वटा जति गाडी आयोजनाका कन्सल्ट्यान्टले प्रयोग गर्छन भने बाँकी आयोजनामा कार्यरत अधिकारी र पहुँचवालाले प्रयोग गर्दै आएको स्रोतले बतायो । वरिष्ठ अधिवक्ता अर्यालले जुन प्रयोजनका लागि गाडी खरिद गरिएको हो त्यही प्रयोजनमा प्रयोग गर्नुपर्ने बताउँदै भने, ‘अन्य प्रयोजनमा लगाउनु नैतिक कानुनी दुवै हिसाबले मिल्दैन। अख्तियार प्राप्त अधिकारीले पनि चाकडी, चाप्लुसीका लागि त्यसरी जथाभाबी गाडी बाड्न मिल्दैन। शक्तिमा बसेका व्यक्तिहरुले पनि शक्ति र पदीय हैसियतको दुरुपयोग गर्दै एउटा प्रयोजनका लागि ल्याएको सवारीसाधन अर्को प्रयोजनमा प्रयोग गर्नु गलत हो।’

शक्तिको दुरुपयोग गरेर सुशासन नआउने जिकिर गर्दै उनले यस्तो तालले सदाचार कायम नहुने स्पष्ट पारे। अर्यालले पदीय हैसियतको दुरुपयोग गर्दै आयोजनाले खरिद गरेका गाडी तथा सुविधा प्रयोग गर्नु सदाचारविपरीत भएको बताए।

अर्का वरिष्ठ अधिवक्ता हरि आचार्यका अनुसार पनि एउटा प्रयोजनका लागि किनिएको गाडी शक्तिको आडमा अर्को प्रयोजनमा प्रयोग गर्नु अनुचित, अनैतिक, अनधिकृत र गैरकानुनी हो। शक्तिको दबाब र अनुचित प्रभावमा पारेर सुविधा हत्याउनु तथा राज्यलाई अतिरिक्त व्यभार थप्नु सुशासन, पारदर्शिता र जवाफदेहिताविपरीतको कार्य भएको र यसरी गाडी लिने र दिने दुवै दोषी भएको उनले बताए। उनले ऋण सहयोगमा बन्दै गरेको आयोजनामा आवश्यकताभन्दा बढी सवारीसाधन खरिद गर्ने, जथाभाबी राज्यस्रोत वितरण र दुरुपयोग गर्ने प्रवृत्ति अन्त्य नभएसम्म सुशासन नारामात्र हुने बताए। मेलम्ची आयोजनाले समयमै पानी ल्याउनुपर्ने आफ्नो मुख्य दायित्व बिर्सेर विलासिताका साधनमा अनावश्यक खर्च गर्नु अनियमितताको विषय भएको बताउँदै आचार्यले भने, ‘मनासिब कारणबिना सवारीसाधन खरिद गर्नु अनियमितता हो। यसले प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार थप्ने काम गरेको छ।’

मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सम्बन्धित निकायले नै आयोजनासँग गाडी दिनु भनेर मागेपछि उपलब्ध गराएको बताए । पन्तले भने, ‘गाडी दिनुपर्छ भन्ने त्यस्तो कुनै मापदण्ड र कानुन नभए पनि माथिको आदेशबमोजिम उपलब्ध गराउँदै आएका छौं।’ मेलम्ची पानी कि गाडी वितरण आयोजना भन्ने प्रश्नमा उनले ‘वितरणभन्दा पनि तानेर लगेको भन्नुपर्ने’ जबाफ दिए। तर, वरिष्ठ अधिवक्ता आचार्यले अधिकारक्षेत्रभन्दा बाहिर गएर राज्यस्रोतको दुपयोग गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने बताउँदै दुरुपयोग भइरहेको स्रोतसाधन तत्काल फिर्ता गराउनुपर्नेमा जोड दिए।

प्रवक्ता पन्तले सम्बन्धित निकाय र व्यक्तिहरुसँग गाडी फिर्ताका लागि पटपटक आग्रह गरेको तर, कसैले पनि फिर्ता नगरेको बताए। उनले गाडी लगेका माथिल्लो निकायलाई गाडी फिर्ताका लागि बारम्बार पत्राचार गर्दा पनि नपठाएको जानकारी दिए। उनले पत्राचार गर्दा पनि नमान्नेलाई आफूहरुले केही गर्न नसक्ने जिकिर गरे।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त तिवारीले मेलम्ची आयोजनाका नाममा रहेको बा१झ ८७६३ नम्बरको प्राडो गाडी आफूले नभई तत्कालीन आयुक्त केशव स्थापितको पालामा ल्याइएको बताए। उनले सरकारले उपलब्ध गराएको थोत्रो गाडी प्राधिकरणले दसौंलाख खर्च गरी मर्मत गरेर चलाएको जिकिर गरे। तर, वरिष्ठ अधिवक्ता आर्यालले आयोजनाले खरिद गरेको गाडी अधिकार प्राप्त अधिकारीले मात्र प्रयोग गर्न पाउने भन्दै आयोजनासँग सरोकार नै नभएका व्यक्तिले त्यो सुविधा प्रयोग गर्नु आपत्तीको विषय र ऋण तथा अधिकारको दुरुपयोग भएको बताए।

खानेपानीमा कर्मचारीको मनोमानी : अनधिकृत रुपमा पानी बिक्री

शिवहरि घिमिरे

काठमाडौं - भैंसेपाटीस्थित वाइवाई चोकदेखि दाहिने मोडिएपछि एउटा खानेपानीको पोखरी र ट्ंयाकी आउँछ। करिब ८/९ रोपनी जग्गामा फैलिएको उक्त पोखरीमा बिहानैदेखि पानी ओसारपसार गर्ने ट्यांकर र उपभोक्ताको भीड लाग्छ । पानी बोक्न केही सरकारी र केही निजी ट्यांकर लाममा बस्छन्। कर्मचारीहरू बाटोतर्फ निगरानी राख्छन् । पानी भरिएका ट्यांकर एकान्तकुना र बुङमतीतर्फ गुडछन्। आइतबार बिहान नागरिककर्मी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको खानेपानी वितरण गर्ने भैंसेपाटीस्थित उक्त पुग्दा देखिएको दृश्य हो यो।

बिहानैदेखि तछाडमछाड गरेर लाममा राखिएका ती ट्यांकरमा भरिएको पानी भने अनियमित बिक्रीवितरण गर्न हो। कर्मचारीले अनियमितरुपमा बिनाभौचर यसरी नै पानी बिक्री गरेको खुलासा गर्न त्यहाँ पुगेमात्रै काफी छ। कर्मचारीले हरेक दिन यसरी नै अनियमित रुपमा पानी बिक्रीबितरण गर्छन्। ‘कर्मचारीको मिलोमत्तोमा लामो समयदेखि पानीको अनियमित बिक्रीवितरण हुने गरेको छ, धेरैजसो अपार्टमेन्ट, स्थानीय घरधनी र सिभिल होम्सतिर यहाँको पानी बोकेर ट्यांकर गुडेको देखिन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘यसरी पानीको दुरुपयोग हुँदा उपत्यकावासीले चरम हाहाकार खेप्नुपरेको छ।’

नियमअनुसार ग्राहकले महांकालस्थित केयुकेएलको ट्यांकर शाखाबाट भौचर काटेपछि त्यसको आधारमा पानी वितरण गर्नुपर्छ । तर, कर्मचारीले बिनाभौचर सस्तो मूल्यमा पानी वितरण गरेका छन्। भैंसेपाटीका स्थानीयको भनाइमा यहाँको पानी वितरण केन्द्रमा ठूलो अनियमितता भएको छ। कर्मचारीले बिनाभौचर तोकिएभन्दा सस्तो मूल्यमा पानी बिक्री गर्छन् । ‘बिहान वा बेलुकीको समयमा कर्मचारीले भौचरबिना नै ६ हजार लिटर क्षमताका ट्यांकरलाई ११ सय रुपैयाँ लिएर पानी बेच्छन्,’ एक स्थानीयले भने।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको उक्त पानी वितरण केन्द्रमा करिब २० कर्मचारी छन्। तीमध्ये ट्यांकरचालक र हेरालु ८ जना छन्। कार्यालय समय सकिएपछि उनीहरूले आफूखुसी ट्यांकर पठाउने गरेको दृश्य यस क्षेत्रमा पुग्नासाथ देखिन्छ। भदौ २२ गते र असोज १५ गते पनि नागरिककर्मी त्यहाँ पुग्दा यसरी नै अनियमित रुपमा पानीको बिक्री गरिएको थियो।

केयुकेएलको दरअनुसार ६ हजार लिटर पानीलाई ग्राहकले २३ सय ३० रुपैयाँ तिर्नुपर्छ। उक्त रकम तिर्न ग्राहक महांकाल पुग्नुपर्छ। ग्राहक पनि टाढासम्म धाउनु परेपछि सस्तोमै पानी खोज्दै त्यहाँ पुग्ने गर्छन। पानी अनियमित बिक्रीवितरणबारे प्रमाण खोज्न नागरिकर्मी ग्राहक बनेर त्यहाँ पुगेका थिए । त्यतिबेला कर्मचारी बिनाभौचर नै ११ सयमा पानी घरमा पु¥याइदिन मञ्जुर भएका थिए । तुरुन्तै पानी चाहिए फोन गर्नु भन्दै कर्मचारीले ०१५२११००१९ नम्बर पनि दिएका थिए। ‘भौचर काट्न महांकाल पुग्नुपर्छ, यहाँ आउनुभयो भने हामीले सीधै पानी पठाउँछौं,’ ती कर्मचारीले भनेका थिए, ‘तर, कार्यालय समय छलेर आउनु होला।’

अत्यावश्यक परेको बेला र कार्यालय समयमा महांकालमा भन्दा बढी रकम तिरेर यहींबाट पनि पानी वितरण गरिएको कर्मचारीको भनाइ छ। ‘महांकाल पुगेर बिल काट्दा २३ सय तिर्नुपर्छ, यहाँबाट बिल काट्दा २५ सय ३० रुपैयाँ तिर्नुपर्छ,’ वितरण शाखाका प्रमुख राजु महर्जनले भने, ‘हामीले ग्राहकको मागअनुसार पानी बिक्री गरेका छौं, साना–साना भाँडाकुँडा ल्याएर भर्नलाई पैसा तिर्नु पर्दैन ।’ उनले पानीको अनियमित बिक्री नभएको दाबी गरे। ‘कुनै–कुनै ठाउँमा अत्यावश्यक परेको बेला बिक्री गर्नु अलग कुरा हो,’ उनले भने।

यस वितरण केन्द्रबाट हरेकदिन बेलुकी ४ बजेपछि पानी घरका धारोमा छाड्ने नियम छ। यहाँबाट नक्खु, सातदोबाटो, पाटन, ग्वार्को, भैसेपाटी, नक्खु, बागडोललगायत क्षेत्रमा पानी पठाउने गरिन्छ। तर उक्त समय घर–घरमा पानी नआउने गरेको घरधनीको गुनासो छ । ‘उपत्यकाभित्र सबैभन्दा बढी मुहान र सबैभन्दा धेरै पानी संकलन हुने ठाउँ यही हो, तर यहाँको पानी सबै चोरी भएर सकिन्छ,’ नख्खु दोबाटोका हरिशकुमार खत्रीले भने, ‘हामीले भौचर भरेर बिल पेस गर्दा पनि कर्मचारीले समयमै पानी ल्याइदिँदैनन्।’

उपत्यकामा खानेपानीको हाहाकार छ। यस्तो अवस्थामा खानेपानी अनियमित रुपमा बिक्री हुनु कर्मचारीतन्त्रको गैरजिम्मेवारी हो। कर्मचारीले नियम मिच्दै सरकारी ट्याकरमै बिनाभौचर घर–घरमा पानी पु-याइदिने गरेका छन्।

भैंसेपाटीको उक्त पानी वितरण शाखाको पोखरी र ट्याकीमा ३० लाख र २७ लाख लिटर पानी अट्छ । यहाँको पानी नियममित रुपमा धारामा छाडे पनि छेलोखेलो हुने स्थानीय बताउँछन् । तर, पोखरीको एकातर्फबाट पानी चुहिएको छ भने अर्कातर्फबाट अनियमित बिक्री हुने गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का उपमहाप्रबन्धक प्रकाशकुमार राईले चलानीबिना पानी भर्न र वितरण गर्न नपाइने बताए। उनले त्यसबारे जिल्ला खानेपानी शाखाले नै निगरानी र अनुगमन गर्नुपर्ने जानकारी दिए। ‘त्यसरी खानेपानी दुरुपयोग गर्न पाइन्न,’ उनले भने, ‘अनियमित भएको भेटिए तुरुन्त कारवाही अघि बढाउँछौं।’

खानेपानी चुहावट, चोरी र अनयिमित बिक्री हुँदा सबैको पहुँचमा नपुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ अनुसारको पानी २० प्रतिशतले मात्र प्रयोग गरेका छन्। सहरी क्षेत्रका केही भेगमा स्वच्छ पानी वितरण पनि नियमित नहुँदा अधिकांशले शुद्ध पिउने पानी नपाएको मन्त्रालयको तथ्यांक छ। तथ्यांक अनुसार कुल जनसंख्याको ७० प्रतिशतले मापदण्ड नपुगेको पानी पिउने गरेका छन्। काठमाडौं उपत्यकामा हाल दैनिक करिब ६ करोड लिटरभन्दा धेरै पानी चुहिएर खेर गइरहेको सरकारी अधिकारी नै बताउँछन्।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad