८ वैशाख २०८१ शनिबार
खेल

नागरिककर्मी फुयाल एसिया स्वर्ण पदकबाट सम्मानति

काठमाडौ-नागरिक दैनिकका खेलकुद सम्पादक तथा नेपाल खेलकुद पत्रकार महासंघका निवर्तमान अध्यक्ष अजय फुयाल एआईपिएस  एसिया स्वर्ण पदकबाट सम्मानति भएका छन् ।

एसियाली खेलकुद पत्रकार महासंघ (एआईपिएस एसिया) ले बीहिबार तुर्कमिसनस्तानको अस्गबातमा आयोजना गरेको पहिलो एसियाली खेलकुद पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रममा फुयाललाई स्वर्ण पदकबाट सम्मानित गरिएको हो ।

‘मलाई एसियाकै उत्कृष्ट खेलकुद पत्रकारको हकदारको रुपमा देख्ने एआइपिएस एसियालाई धन्यबाद दिन चहान्छु,’ सम्मानित भएका फुयालले प्रतिकृया दिए ‘मैले यो सम्मान व्यक्तिगतरुपमा भन्दा पनि नेपाली खेल पत्रकारिताले पाएको सम्मानका रुपमा लिएको छु।’

२०५७ सालबाट खेलकुद पत्रकारिता सुरु गरेका फुयाल २०६५ सालबाट नागरिक दैनिकमा खेलकुद सम्पादकका रुपमा अवद्ध छन्।

प्रकाशित: ७ आश्विन २०७३ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App