७ वैशाख २०८१ शुक्रबार
अन्य

टी–२० को उपाधि पुलिसलाई

राजविराज–   राजविराजमा आयोजित दोस्रो मदन–आश्रित राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ । राजदेवी माविको क्रिकेट मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।
  

टस जितेर जनकपुरले पहिला ब्याटिङका लागि पुलिसलाई निम्तो दिएको थियो । पुलिसले निर्धातिर २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७८ रन जोड्न सक्यो । पुलिसका लागि प्रेम तामाङले सर्वाधिक ३०, योगेन्द्र कार्कीले २९, दिपेन्द्र ऐरीले २६, सिद्धान्त लोहनीले २३ तथा कुशल भुर्तेलले अभिजित २० रनको योगदान दिएका थिए ।
  

बलिङतर्फ जनकपुरका लागि मेहबुब आलमले सर्वाधिक ३ विकेट लिएका थिए भने कप्तान राज मोहम्मद र संजोक कर्णले समान २÷२ विकेट लिए ।
 

जवाफमा १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा मात्र १२९ रन जोड्न सक्यो ।  जनकपुरका लागि सौरभ नागवंशीले अभिजित ३५, गोपाल सिंहले अभिजित २९ तथा इशान पाण्डेले २१ र अभिषेक झाले १९ रन बनाएका थिए । स्टार ब्याट्सम्यान मेहबुब आलमले ६ रनमात्रै बनाए ।
  

बलिङपतर्फ पुलिसका लागि रामनरेश गिरिले ३, दीपेन्द्र ऐरीले २ तथा कुशल भुर्तेल तथा मन्जित श्रेष्ठले समान १÷१ विकेट लिए । पुलिसका ऐरी खेलको म्यान अफ् दि म्याच घोषित भए ।

विजेता नेपाल पुलिसलाई ट्रफीसहित नगद १ लाख रुपैयाँ तथा उपविजेतालाई ५० हजार र ट्रफी प्रदान गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा एमाले निकटका युवा संघ नेपाल नगरकमिटि राजविराजले आयोजना गरेको प्रतियोगितामा सप्तरीसहित ६ टोली सहभागी थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी होराइजन क्रिकेट एकेडेमी विराटनगरका पुष्प थापा घोषित भए । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान पुलिसकै शंकर राना तथा उत्कृष्ट बलर जनकपुरका राज मोहम्मद घोषित भएको आयोजकले जनाएको छ ।
 

प्रकाशित: १० असार २०७३ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App