८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा टिपरको ठक्करबाट ६ जना घाइते

भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको फन भ्याली नजिक आइतबार साँंझ टिपरले ठक्कर दिँदा ६ जना घाइते भएका छन्। 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ फन भ्याली नजिक अरनिको हाईवेमा काभ्रेबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ३१५३ नं. को ट्रिपरले विपरिततर्फबाट गइरहेको बा १६ च १६८२ नं.को मारुती भेन र बा ४ ख ७५१८ नं. बसलाई ठक्कर दिंदा जगातीतर्फ नै आउदै गरेको बा ५ ख ३७०७ नं. बसलाई समेत ठक्कर लागि मारुती भेनमा सवार ६ जना मानिस घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

घाइतेलाई  उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा ५ जना उपचारपश्चात डिस्चार्ज भएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए। काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं ९ बस्ने बर्ष ५८ की नन्दकुमारी लम्सालको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको पनि जनाइएको छ। सबै सवारी साधनहरु र चालकहरु महानगरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ११ कार्तिक २०७५ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App