५ वैशाख २०८१ बुधबार
समाज

मुख्यमन्त्री राई अमेरिका जाने

विराटनगर– प्रदेश नम्बर १ का  मुख्यमन्त्री शेरधन राई थाइल्याण्ड हु“दै अमेरिका जाने भएका छन्। राई स्वास्थ्य उपचारका लागि बैंकक जाने र निजी भेटघाटका लागि अमेरिका जाने आन्तरिक मामिला तथा कानुन मन्त्री कानुन मन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए। 

आइतबारको मन्त्रिपरिषद् बैठकले कात्तिक १६ देखि २४ गते सम्मको विदेश भ्रमण स्वीकृत गरी संघीय सरकारलाई जानकारी पठाउने निर्णय गरेको कार्कीले बताए। उनले भने, ‘मुख्यमन्त्री राई निजी खर्चमा बैंकक हुँदै अमेरिकासम्मको विदेश भ्रमणमा जान लाग्नु भएको हो।’ 

यस्तै, मन्त्रिपरिषद् बैठकले कानुन मस्यौदा सुझाव समितिको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। समितिको म्याद कात्तिक देखि ६ महिनाका लागि थप गरिएको हो। बैठकले आर्थिक मामिला मन्त्रालयले पठाएको बजेट खर्च गर्ने कार्यविधि पनि स्वीकृत गरेको छ। सामाजिक विकास मन्त्रालयले पठाएको तीनवटा कानुनको मस्यौदा पनि बैंठकले स्वीकृत गरेको छ। 

बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेबो विधेयक, प्रदेश सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र मनमोहन प्राबिधिम विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी मस्यौदा स्वीकृत गरिएको  मन्त्री कार्कीले बताए।

प्रकाशित: ११ कार्तिक २०७५ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App