coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपालको शैक्षिक विकासमा सहयोग गर्न युएई इच्छुक

उदयपुर– नेपालका लागि युएई (दुवई) का राजदूत सइद अलनक्वीले नेपालको शैक्षिक विकासका लािग आफ्नो देश सधै तत्पर रहेको बताएका छन्। सदरमुकाम गाईघाटस्थित नेपाली मुस्लिमहरुको संस्था जामे मस्जिद तथा मदरसा तजविदुल कुर्आन प्राविको ४० औं वार्षिक उत्सवको शनिबार उद्घाटन गर्दै राजदूत सईदले दुबई र नेपालबीचको भाईचारा सम्बन्ध सदियौंदेखि रहिआएको र सम्बन्धलाई थप प्रगाढ बनाउन युएई तत्पर रहेको बताए। 

युएईले नेपालको विभिन्न विकास निर्माणको काममा सहयोग गर्न तत्पर रहेको भन्दै उनले त्यसका लागि प्रस्ताव राख्न आग्रह गरे। राजदूत सइदले नेपालको विकास र दुई देशबीचको सम्बन्ध सुधार गर्न युएई सरकार सदैव सकारात्मक रहेको र शैक्षिक विकासमा पनि तत्पर रहेको उनको प्रतिबद्धता थियो। 

युएई सरकारले मुलुकको कुल आम्दानीको २५ प्रतिशत हिस्सा बिभिन्न देशको विकासमा सहयोग गर्दै आएको भन्दै उनले नेपाल सरकारलाई पनि यहाँको शिक्षा, व्यापार, जलस्रोत, उद्योगलगायत क्षेत्रमा सकेको सहयोग गर्न आफ्नो राष्ट्र तत्पर रहेको बताए। ०७२ को भूकम्पले भत्किएका १ सय ५० विद्यालयको पुनर्निर्माणमा युएई सरकारले सहयोग गरेको स्मरण गर्दै राजदूत सईदले अब पनि त्यस्ता सहयोगका लागि आफू तयार रहेको बताए। 

राजदूत सईदले सदरमुकाम गाईघाटको खानेपानी समस्याको समुचित व्यवस्थापन गर्न, मदरसा तथा अन्य विद्यालय, व्यापार, बाख्रापालन, बेसार खेतीको क्षेत्रमा सहयोग गर्ने तयारी गरिरहेको खुलासा पनि गरे। सइदले युएईमा कार्यरत नेपालीका समस्या, रोजगारी, आवतजावत र बसाई व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। मदरसा शिक्षाको विकाश गरेर नेपालमै ईन्जिनियर, डाक्टर, पाईलटजस्त दक्ष जनशक्ति उत्पादन गर्न युएई सरकार सकारात्मक रहेको उनको भनाई थियो। 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले संविधानले सवै जातजाति, भाषाभाषी, धर्म, सँस्कार, सँस्कृतिलाई समानरुपले समेटेकाले मुस्लिम समुदायको विकासका लागि पनि सरकार सम्बेदनशिल हुनुपर्नेमा जोड दिए। सरकारले मदरसा शिक्षाको विकास गरेर नेपालमै मुस्लिम भाषाको उच्च शिक्षा हासिल गराउने व्यवस्था मिलाए मुस्लिम समुदायका बालबालिकाको भाविष्य उज्वल हुने डा. खड्काको भनाई थियो। 

त्रियुगा नगरपालिका १२ गाईघाटमा १९८० मा स्थापित मदरसा प्रावि ४० औँ वार्षिकोत्सव मनाउदासम्म कक्षा ३ सम्मको (आधारभूत) तहमा मात्र पठनपाठन हुदे गरेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहरवक्स अलिले बताए। उनका अनुसार कक्षा ३ पास गरेपछि नेपाल बाहिर पढ्न जानुपर्ने बाध्यता रहेकाले नेपालमै बसेर माध्यामिक र उच्च शिक्षा पढ्न पाउने व्यवस्थ मिलाउन मदरसाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। 

जामे मस्जिद उदयपुरका अ्रध्यक्ष जथाई मियाले दयपुरमा १२ वटा मस्जिद र ५ वटा मदरसा विद्यालय सञ्चालनमा रहेको बताउँदै तर, पूर्व प्राथमिक तहभन्दा माथिको कक्षा सञ्चालन गर्न अनुमति नपाउँदा मुस्लिम शिक्षा पाउनबाट मुस्लिम समुदाय वञ्चित हुँदै आउनुपरेको गुनासो गरे। नेपालबाहिर गएर उच्च शिक्षा हासिल गरे पनि सरकारले मान्यता नदिने भएकाले मुस्लिम शिक्षामा लगानी गर्दा रोजगारी नपाउने भएकाले पढालेखा मुस्लिम युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य हुने गरेको मियाँको गुनासो छ। 

०३५ सालमा जामे मस्जिदको प्रांगणमा टाटी बेरेर सुरु भएको मदरसा प्राविलाई ०६३ सालमा सरकारले स्वीकृति दिएको थियो। त्यसयता कक्षा ३ सम्मको स्वीकृति पाएको मदरसा प्रावि भौतिक पूर्वाधार र दरबन्दी अभावमा स्तरोन्नति हुन नसकेर पिल्सिदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहेना खातुनले बताईन्।

प्रकाशित: ११ कार्तिक २०७५ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App