४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्री मेलम्चीको स्थलगत निरीक्षणमा

मेलम्ची भ्रमणमा प्रधानमन्त्री दाहाल। तस्बिरः प्रशान्त लामिछाने

मेलम्ची-प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानै खानेपानी आयोजनाको स्थलगत अध्ययनका लागि मेलम्ची पुगेका छन्।

विज्ञसहितको टोली लिएर मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण बुझ्न प्रधानमन्त्री सिन्धुपाल्चोकमा पर्ने मेलम्ची आयोजनाको स्थलगत अध्ययनका लागि निस्केका हुन्।

प्रधानमन्त्रीसहितको टोलीलाई मेलम्ची आयोजनाका तर्फबाट कार्यकारी निर्देशक घनश्याम भट्टराइले प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले २० किलोमिटर सुरूङ खन्ने काम सम्पन्न भएको र अब ७ किलोमिटर खन्न बाँकी रहेको बताएका थिए। प्रधानमन्त्रीले मेलम्ची आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ।

सुरक्षा अधिकारीहरूले हेलिकप्टरबाट जान सुझाए पनि प्रधानमन्त्री गाडीमै जाँदा अझ बढी यथार्थ जानकारी हुने भन्दै गाडीमै मेलम्चितर्फ निस्केका हुन्। मेलम्चीकाे पानी राजधानी काठमाडाैंमा ल्याउने योजना विभिन्न कारण दर्शाउँदै ढिलाइ हुँदै आएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App