१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाह्रविसमा विद्युत उत्पादन सुरु

बाजुरा - बाजुराको बाह्रविसमा एक सय किलोवाट क्षमताको इकडीगार्ड लघुजलविद्युत आयोजना दोस्रो सञ्चालनमा आएको छ। बुढीगंगा नगरपालिका १० मा रहेको एक सय किलाेवाट क्षमताको विद्युत आयोजनाको अाइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

२०७५ साल बैशाख ११ गते निर्माण कार्य सम्पन्न भएको अायाेजनाकाे पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका हुन्। उद्घाटनसँगै नियमति विद्युत सेवा समेत सुचारु गरिएको विद्युत निर्माण समितिका अध्यक्ष रामबहादुर बाँनीयाले बताए। अायाेजनाबाट बाह्रविस गाविसका १५ सय बढी उपभोक्ता लाभान्वित भएका छन्। कुल ३ करोड ८६ लाख १२ हजार १ सय ४२ रुपैयाँ लागतमा अायाेजनाकाे निर्माण गरिएकाे हाे।

प्रकाशित: ११ कार्तिक २०७५ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App