६ वैशाख २०८१ बिहीबार
समाज

जीप दुघर्टनामा ३ घाइते

दार्चुला– महाकाली नगरपालिका २ सेलाबाट यात्रु पुगाएर सदरमुकाम खलंगा फर्कने बेला जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। से१ज २६७ नम्बरको जीप महाकाली नगरपालिका ३ काटै नजिक दिउँसो ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। 

जीप दुर्घटना हुदा सवारी चालक महाकाली नगरपालिका ४ बङ्गाबगडका जागिरा नामले चिनिने गगनसिह धामी, दुहु गाउपालिका ३ पोक्स्याका कैले भट्ट र नौगाड गाउँपालिका २ खारका रघुवीर सिंह ठगुन्ना घाइते भएको स्थानीय जहेन्द्रसिह महराले जानकारी दिए। घाइते तीन जनामध्ये सवारी चालक जागिरा शक्त घाइते रहेको प्रहरीले जनाएको छ। 

घाइते तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पु-याएको घटनास्थलमा पुगेका डिएसपी नवराज अधिकारीले बताए। जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको जनाएको छ। 

प्रकाशित: ११ कार्तिक २०७५ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App