coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भान्सामा कुटनीति !

तस्बिर: भारतीय प्रधानमन्त्रीको ट्वीटरबाट

कुटनीतिमा नयाँ नयाँ प्रयोग हुने गरेका छन्। जापान र भारतका प्रधानमन्त्रीले यसपालि यस्तै नयाँ प्रयोग गरे। सँगै खाना पकाए र खाए। अनि खुलस्त कुराकानी पनि गरे। भारतका प्रधानमन्त्री मोदी अहिले जापान भ्रमणमा छन्। जापानी प्रधानमन्त्रीले मोदीलाई आफ्नै निवासमा बोलाए। अनि सहयोगी विना दुई जनाले मात्र रात्रीभोज गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले चपस्टिकबाट खाना खान सिकेको बताएका छन्। जापानको भ्रमणमा रहेका मोदीलाई जापानी प्रधानमन्त्री सिन्जो अवे ले चपस्टिकले खाना खान सिकाएका हुन्।

मोदीले ट्वीटमा लेखेका छन्, 'जापानी प्रधानमन्त्रीले आफ्नै निवासमा गरेको न्यानो स्वागतका लागि ज्यादै आभारी छु। जुन हाउभाउ देखाइयो त्यसबाट म साँच्चिकै सम्मानित भएको छु। प्रधानमन्त्री अवेले मलाइ चपस्टिक प्रयोग गरेर जापानी शैलीमा खाना खान पनि सिकाउनुभयो।'

Extremely grateful to PM @AbeShinzo for the warm reception at his home. I am truly honoured by this gesture.

PM Abe also taught me the Japanese way of eating food using chopsticks! pic.twitter.com/A4Gr27rPtd

— Narendra Modi (@narendramodi) October 28, 2018

यसैगरी जापानी प्रधानमन्त्री सिन्जो अवेले पनि आफ्नो ट्विटमा लेखेका छन्, 'भारतीय प्रधानमन्त्री मोदीलाई मेरो निवासमा आमन्त्रण गर्यौ र सँगै खाना पकायौं। निकै रमाइलो वातावरणमा मैले मोदीसँग विभिन्न विषयमा प्रष्ट कुरा गरें। इण्डियन प्यासिफिक स्वतन्त्र र खुला हुनुपर्दछ भन्ने अनुभूति प्रति म प्रधानमन्त्री मोदीसँग हातमा हात मिलाउन चाहन्छु।'

モディ首相 を私の別荘 にお招きし、二人きりで夕食を共にしました。くつろいだ雰囲気の中、様々なテーマについて率直に語り合うことができました。自由で開かれたインド太平洋 の実現に向け、モディ首相とこれからも固く手を携えていきたいと思ます。@narendramodi pic.twitter.com/CdwDZKSc6D

— 安倍晋三 (@AbeShinzo) October 28, 2018

यसअघि जापानी प्रधानमन्त्रीले पाहुना भारतीय प्रधानमन्त्रीलाई यमनाका ताल क्षेत्रमा स्वागत गरेका थिए। यो तालक्षेत्र अहिले शरदऋतुमा निकै मनमोहक देखिन्छ।

तस्बिर: भारतीय प्रधानमन्त्रीको ट्वीटरबाट
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App