८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टीलाई कमजोर पार्ने कसरत गरियोः अध्यक्ष दाहाल

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई कमजोर पार्ने कसरत गरिएको आरोप लगाएका छन्। पार्टी एकता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कसरत देश भित्र र देश बाहिरबाट गरिएको उनकाे अाराेप छ।

नेकपा चितवनले आइतवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई प्रभावित पार्ने काम भइरहेको उनले दाबी गरे। पार्टी एकता हुनुभन्दा अघि तुहाउने कसरत धेरै भएपनि सफल नभएको उनले बताए। दुई कम्युनिष्ट पार्टी बीच भएको एकतालाई असाधारण परिघटना भएको उनको दाबी छ। 

‘कसैले माया गरेर दिएर आएका होईनौं’ उनी भन्छन्, ‘आफ्नै त्याग, मेहनत र बलिदानले यहाँसम्म आईपुगेका छौं।’ पार्टी एकतालाई पूर्णता दिन निरन्तर लागिरहेको उनले बताए। चाँडै नै पार्टीको प्रदेश, जिल्ला र जनसंगठनको एकता समेत टुङ्गिने उनले बताए। कम्युनिष्ट पार्टीलाई एउटै बनाउँछौं भनेर गरिएको संकल्पलाई पुरा गनै दृढ भएर लागि परेको उनी बताउँछन्। ७० वर्षपछि देशमा राजनीतिक स्थिरताको घडी आएको भन्दै अध्यक्ष दाहालले देश र जनताप्रति इमान्दार भएर जिम्मेवारी लिनुपर्ने अठोट गरिएको बताए। 

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, अमिक शेरचन, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौंडेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायतले शुभकामना मन्तब्य राखेका थिए। 

प्रकाशित: ११ कार्तिक २०७५ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App