coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा महत र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क-संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच विहिबार भेटवार्ता भएको छ ।

भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा समान धारणा बनाएर अगाडि बढ्ने र मैत्री सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिए ।

भेटका अवसरमा नर्वेका विदेशमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका बारेमा विशेष चासो राखेका थिए । उनले भूकम्पपछिको पुनःनिर्माण प्रक्रियाले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्दै नेपाल सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताएका थिए ।

यस्तै, परराष्ट्रमन्त्री डा महतसँग एसियाका लागि बेलायतका मन्त्री आलोक शर्माले पनि शिष्टाचार भेटवार्ता गरेकाछन् । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, व्यापार तथा व्यवसायको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो ।

साथै, भूतपूर्व गोर्खा सैनिकको माग तथा समस्याका बारेमा समेत कुराकानी भएको थियो ।
यसैगरी, संयुक्त राज्य अमेरिकाका उपविदेश मन्त्री थोमस सान्नन् र परराष्ट्रमन्त्री डा महतबीच पनि विहिबार भेटवार्ता सम्पन्न भयो । सो अवसरमा द्विपक्षीय हित र चासोका बारेमा महत्वपूर्ण छलफल भएको थियो । रासस

प्रकाशित: ७ आश्विन २०७३ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App