पाकिस्तानमा ‘भारतीय फिल्म र टिभी शो’ प्रतिबन्ध

आइतबार, ११ कार्तिक २०७५, १६ : ३० एजेन्सी

इस्लामाबाद- पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। 

सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्। 

पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी क्षेत्रको डियामेर–बासा बाँधको निर्माणसँग सम्बन्धित सामग्रीलाई लिएर विवाद उत्पन्न भएपछि सर्वोच्चको यस्तो फैसला आएको जनाएको छ। 

पाकिस्तानको सञ्चार माध्यम नियामक प्राधिकरण (पेमरा) का एक अधिकारीले प्रधान न्यायाधीश निसारले टिभी च्यानलमा सबै भारतीय सामग्री प्रसारण रोक्न आदेश दिएको जानकारी दिए। यो आदेश सबै भूसतही प्रसारण, भूउपग्रहीय प्रसारण र केबल च्यानलमा लागू हुनेछ। 

पाकिस्तानका केबल अपरेटर एसोसिएसनका अध्यक्ष खालिद आरेनले अदालतको आदेश ठीक नरहेको प्रतिक्रिया दिएका छन्। “सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउनु समाधान होइन, बरु हामीले गुणस्तरीय पाकिस्तानी सामग्री उत्पादनमा ध्यान दिन सक्नु पर्दछ।” 

सन् २०१७ मा लाहोर उच्च अदालतले भारतीय टिभी कार्यक्रमहरुमाथिका प्रतिबन्ध फुकुवा गरेको थियो। विवादित काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच तनाब बढेसँगै अक्टोबर २०१६ मा अधिकारीहरुले भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाएका थिए। 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad