coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीमती व्रत बस्न नमानेपछि श्रीमानले गरे आत्महत्या

नयाँ दिल्ली– भारतको उत्तर प्रदेश (युपी)मा पत्नीले व्रत बस्न नमानेको भन्दै एक पुरुषले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार पेशाले दर्जी रहेका युपीको मथुरास्थित मघेरा निवासी दिनेश जाटवले पत्नीले आफू विरामी भएको भन्दै करवा चौथ व्रत बस्न अस्वीकार गरेपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ। 

व्रत बस्ने कुरालाई लिएर शनिवार साँझ दिनेश र उनकी श्रीमतीबीच विवाद भएको थियो। विहेपछिको पहिलो व्रत भएकाले बस्नैपर्ने दिनेशको अडान थियो भने उनकी पत्नी चाँही विरामी भएकाले बस्न मानिनन्। पत्नीले व्रत बस्न नमानेपछि दिनेशले कोठाभित्र झुण्डिएर मृत्युवरण गरे। 

जैत पुलिस चौकीका प्रमुख अवधेश कुमारका अनुसार दिनेशले केही महिना पहिला मात्रै विहे गरेका थिए। घटनाबारे परिवारजनबाट कुनै उजुरी नआएको र उजुरी आएमा जाँच गरिने प्रहरीको भनाई छ। 

प्रकाशित: ११ कार्तिक २०७५ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App