८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्पले अस्वीकार गरे भारतको निम्तो

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका छन्। भारतले प्रत्येक वर्ष जनवरी २६ मा मनाउने गणतन्त्र दिवसमा सन् २०१९ मा ट्रम्पलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१७ को आफ्नो अमेरिका भ्रमणका क्रममा निम्तो दिएका थिए। तर, ट्रम्पले आफ्नो व्यस्तता देखाउँदै उपस्थित हुन नसक्ने जवाफ भारतलाई पठाएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीले भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई एक पत्र पठाउँदै ट्रम्प उपस्थित हुन नसक्ने जानकारी गराएका छन्। पत्रमा उल्लेख भएअनुसार भारतको गणतन्त्र दिवसका बेला अमेरिकामा केही राजनीतिक कार्यक्रम तथा ट्रम्पको महत्वपूर्ण सम्बोधनका कार्यक्रम तय भएका छन्।  

यद्यपी भारत र अमेरिकाबीच इरानबाट तेल आयात गर्ने विषयमा तनाव र रुससँग भारतको रक्षा सम्झौता भएका बेला ट्रम्पले मोदीको निमन्त्रणा अस्वीकार गर्नुलाई महत्वका साथ हेरिएको छ। भारतले भर्खरै रुससँग एस–४०० नामक मिसाइल रक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो। 

यसअघि २०१५ मा अमेरिकाका तत्कालिन राष्ट्रपति बराक ओबामा गणतन्त्र दिवसमा प्रमुख अतिथिका सहभागी हुन भारत भ्रमणमा आएका थिए।

प्रकाशित: ११ कार्तिक २०७५ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App