coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बन्दुकधारीकाे अाक्रमणमा परी अमेरिकामा ११ यहुदीको मृत्यु

घटनास्थल। तस्बिर : एजेन्सी

पिट्सबर्ग - अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थना घरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन्। अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो।

बच्चाको न्वारन अर्थात बच्चाको नाम राख्ने कार्यक्रममा “ट्री अफ लाइफ” नामको प्रार्थना घरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थना घरमा रहेका व्यक्तिको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ। “सबै यहुदी मर्नै पर्छ” भन्दै रोबर्टले गोली चलाउन शुरु गरेका थिए। प्रहरीले बन्धुकधारीलाई घाइते अवस्थामा पक्राउ गरेको छ। उनीमाथि फौजदारी अभियोगसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता गरिएको छ। उनलार्इ मृत्युदण्काे सजाय हुन सक्ने बताइएकाे छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाकाेमा भ्रत्सना गरेका छन्। इलेनोइसमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यहुदी प्रार्थनाघरमा भएको आमहत्या हामी सबैमाथि भएको जघन्य अपराध रहेको बताए। उक्त हत्याकाण्डको जर्मन चान्सलर एन्जेला मर्केल, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू समेतका नेताहरुले निन्दा गरेका छन्।

प्रकाशित: ११ कार्तिक २०७५ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App