१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तनहुँमा साहित्यिक जागरण

तनहुँ–कवितारुपि पुलले नयाँ तथा पुराना स्रष्टालाई जोड्न गत वैशाखदेखि गण्डकी वाङमय प्रतिष्ठानलले हरेक महिनाको दोस्रो शनिबार ‘साहित्यिक वाचन कार्यक्रम’ गर्दै आएको छ। 

‘कला साहित्य संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिने कार्यक्रममा लेखकहरुले कविता, गीत, गजल सुनाउने गरेका छन्। उसको पछिल्लो कार्यक्रम शनिबार दमौलीमा चितवनका कवि भूपिनको प्रमुख आतिथ्यतामा भएको थियो।

 त्यहाँ प्रदेश नं ७ (सुदूरपश्चिम)बाट साहित्यकार हेमन्त विवश र प्रदेश नं ३ बाट साहित्यकार दीपेन्द्रसिंह थापालाई विशेष अतिथिका रूपमा सहभागी गराइएको थियो। कार्यक्रमको संयोजन नारायणी अधिकारीले गरेका थिए।

कार्यक्रममा वाचित रचनामा नेपाली समाज, अध्यात्म, संस्कृति र मानवीय संवेगहरु समेटिएको थियो। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डको विषय पनि केही कविले उठाएका थिए।   

खुल्ला चौरमा आयोजित कार्यक्रममा काशीनाथ न्यौपाने, मधुमाया घिमिरे, शुभ पिया, लक्ष्मण तिमल्सिना, महेन्द्र रम्घाली, अन्जु दाहाल, गौकुमारी न्यौपाने, शान्ता बास्तोला, सन्देश अधिकारी, विकास बजगाईं, कल्पना पौडेल, सुनिता आचार्य, समुद्र गोदार, चक्रबहादुर अधिकारी, जानुका अश्रुधारा, दिवाकर भट्टराई, कृष्ण महत, अन्जान यात्री, धनन्जय भण्डारी, अमरराज नहर्कीलगायतका कविहरूले आ–आफ्ना रचना वाचन गरेका थिए।

गीतकार सागर उदास नेतृत्वको गण्डकी वाङमय प्रतिष्ठानले तनहुँमा साहित्यिक जागरण भित्र्याएको छ। यसले बेलाबेलामा पर्यटन साहित्य यात्रा पनि गर्छ। ‘हामी छिट्टै तनहुँको ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै होमस्टेलाई टेवा पुर्‍याउन’, अध्यक्ष उदास भन्छन्, ‘ग्रामीण पर्यटन साहित्य यात्रा गर्ने योजनामा छौं।’

प्रकाशित: ११ कार्तिक २०७५ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App