coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराटनगर टाइटन्सको लगातार दोस्रो हार, धनगढी ब्लुज ७८ रनले विजयी

काठमाडौं– विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। विराटनगर पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको थियो। धनगढी ब्लुजले भने पहिलो जित निकालेको छ। धनगढी ब्लुज पहिलो खेलमा शनिबार काठमाडौं रोयल्ससँग पराजित भएको थियो।

आइतबार (आज) भएको पहिलो खेलमा विराटनगर धनगढी ब्लुजसँग ७८ रनले पराजित भएको छ। धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ ओभरमा १०४ रनमा अलआउट भयो। विराटनगर टाइटन्सका लागि सुनिल धमलाले सर्वाधिक २१ रन बनाए।

त्यस्तै मुहम्मद जाइद आलमले १९, एन्ड्रयु सुविक्षणले १८ र सन्दीप लामिछानेले १० रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। विराटनगर टाइटन्सलाई सस्तैमा समेटन धनगढी ब्लुजका लागि डेनियल लरेन्सले ३, दिपेन्द्रसिंह ऐरीले २ तथा कमलसिंह ऐरी, रोबिन क्षेत्री र पिटर ट्रिगोले १–१ विकेट लिए।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको धनगढी ब्लुजले २० ओभरमा सबै विकेट गुमाउँदै १८२ बनाएको थियो। धनगढीका लागि पिटर ट्रिगोले ५३ रनको अर्धशतकिय पारी खेले। उनले ३८ बलमा २ चौंका र ४ छक्का प्रहार गरे।

सौरभ खनालले विष्फोटक ब्याटिङ गर्दै १३ बलमा ४१ रन बनाए। उनले २ चौंका र ५ छक्का प्रहार गरे। त्यस्तै दिपेन्द्रसिंह ऐरीले २९, सन्दीप जोराले १२ र रोबिन क्षेत्रीले १० रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो रहन सकेन। ओपनिङ ब्याट्सम्यान सन्दीप सुनार २ र डेनियल लरेन्स ९ रन बनाइ सस्तैमा आउट भएपनि त्यसपछि क्रिजमा आएका दिपेन्द्र र ट्रिगोले उत्कृष्ट ब्याटिङ गरेका थिए।

विराटनगरका टाइटन्सका लागि जितेन्द्र मुखियाले ४ तथा किशोर महतो सुनिल धमला, सन्दीप लामिछाने र मुहम्मद जाइदले १–१ विकेट लिएका थिए। विराटनगर टाइटन्सको नेतृत्व सन्दीप लामिछाने र धनगढी ब्लुजको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन्। प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टनकाबीच हुनेछ।

प्रकाशित: ११ कार्तिक २०७५ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App