coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

धनगढीद्वारा विराटनगरसामु १८३ रनको लक्ष्य प्रस्तुत, साैरभ खनालकाे विष्फाेटक ब्याटिङ

काठमाडौं – पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ। पोखरा रंगशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको धनगढी ब्लुजले २० ओभरमा सबै विकेट गुमाउँदै १८२ बनाएको छ।

धनगढीका लागि पिटर ट्रिगोले ५३ रनको अर्धशतकिय पारी खेले। उनले ३८ बलमा २ चौंका र ४ छक्का प्रहार गरे। सौरभ खनालले पनि विष्फोटक ब्याटिङ गर्दै १३ बलमा ४१ रन बनाए। उनले २ चौंका र ५ छक्का प्रहार गरे। त्यस्तै दिपेन्द्रसिंह ऐरीले २९, सन्दीप जोराले १२ र रोबिन क्षेत्रीले १० रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो रहन सकेन।

ओपनिङ ब्याट्सम्यान सन्दीप सुनार २ र डेनियल लरेन्स ९ रन बनाइ सस्तैमा आउट भएपनि त्यसपछि क्रिजमा आएका दिपेन्द्र र ट्रिगोले उत्कृष्ट ब्याटिङ गरेका थिए।

विराटनगरका टाइटन्सका लागि जितेन्द्र मुखियाले ४ तथा किशोर महतो सुनिल धमला, सन्दीप लामिछाने र मुहम्मद जाइदले १–१ विकेट दिए। विराटनगर टाइटन्सको नेतृत्व सन्दीप लामिछाने र धनगढी ब्लुजको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन्।

प्रकाशित: ११ कार्तिक २०७५ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App