coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काभ्रेमा जीप दुर्घटना, डीअार्इजी सहित ३ काे मृत्यु

तस्बिर साैजन्य : अारडी शर्मा

काभ्रे - काभ्रेकाे मण्डनदेउपुर स्थित ढकालथोकमा शनिबार भएकाे जीप दुर्घटनामा नेपाल प्रहरीका डीअार्इजी सहित ३ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा एक पत्रकारकाे समेत ज्यान गएकाे छ। हेलम्बु राजमार्ग अन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को जीप दुर्घटनामा परी ज्यान गुमाउनेमा धुलिखेल स्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डनदेउपुर नपा ४ का २५ वर्षीय जीवन पराजुली, नमोबुद्ध नपा १० का ४४ वर्षीय विनोद कार्की र बानेश्वर बस्ने डीअाइजी शुशिल भण्डारी रहेका छन्। दुर्घटनामा परी गम्भीर घार्इते भएका डीअाइजी भण्डारीकाे उपचारका क्रममा ज्यान गएकाे हाे।

यस्तै दुर्घटनामा पनौतीका प्रदीप बोगटी, मण्डनदेउपुरका धनराज पुरी र पुरानाे बानेश्वर बस्ने विनाेद कुमार गाैतम घाइते भएका छन्। बाेगटी जीप चालक हुन् भने गाैतम सशस्त्र प्रहरीका पूर्व डिएसपी हुन्। घाइतेकाे धुलिखेल अस्पतालमा उपचार भैरहेकाे छ। बिजुलीकाे लाइन छल्न खाेज्दा जीप दुर्घटनामा परेकाे चालक बाेगटीले बताए। जीप सडकबाट करीब ५ सय मिटर तल खसेकाे थियाे।

प्रकाशित: १० कार्तिक २०७५ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App