coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चिकित्सकले 'रेष्ट' गर्न भनेपछि प्रधानमन्त्री ओली चियापानमा गएनन्

नेकपाको चियापना समारोह। तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुन सकेनन्।

स्वास्थ्यमा समस्या आएपछि उनी चियापानमा आउन नसकेको बालुवाटार स्रोतले बताएको छ। स्रोतका अनुसार चिकित्सकले प्रधानमन्त्री ओलीलाई 'रेष्ट' को आवस्यकता रहेको बताएका थिए। 'बिरामी नै नभनौ, चिकित्सकको सल्लाह अनुसार उहाँले आराम गरिरहनु भएको छ', स्रोतले भन्यो।

यता पार्टी महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओली भावनात्मकरुपमा चियापानमा उपस्थित भएको बताए। उनले भने, 'स्वास्थ्यमा समस्या आएका कारण भौतिकरुपमा यहाँ उपस्थित नभएपनि भावनात्मकरुपमा उहाँ यहिँ हुनुहुन्छ।'

भृकुटिमण्डपमा भएको नेकपाको चियापनामा ५० हजारलाई निमन्त्रणा गरिएको थियो। कार्यक्रममा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु पनि चियापनामा आएका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरुले चियापनामा आगन्तुकहरुलाई स्वागत गरेका छन्।

 

 

 

 

 

प्रकाशित: १० कार्तिक २०७५ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App