कथा

दसैँको खसी

शनिबार, १० कार्तिक २०७५, १० : ५८ उपेन्द्र लामिछाने

कृष्ण यही साल चार बर्षका भए । यसपालिदेखि उनी विद्यालय पनि जान थालेका छन् । खासमा उनको नाम कृष्ण पनि हैन ।  यसपटकको  कृष्णअष्टमीका दिन पहेँलो धोती र गन्जीमा सजिएर हातमा बाँसुरी बोकेपछि उसलाई सबैले कृष्ण भन्न थालेका हुन् । मोही पार्ने काठको ठेकीमा राखिएको नौनी खाँदै गरेको  आफ्नै  तस्बिर  देखेपछि  रमाएर  ‘म त कृष्ण’ भन्दै  कुद्थ्यो।

फूलपातीको अघिल्लो  दिन हजुरबाले कालो खसी डो-याएर ल्याए ।  हजुरबाले खसी ल्याएपछि कृष्ण झनै खुसी भए । खसी ल्याएकै दिन उसले खसीको कान समाउँदै म्वाई खाएको थियो  । ऊ कानलाई पनि तोतेबोलीमा तान भन्थ्यो।

ऊ खसीसँगै दिनभर खेल्थ्यो । खसीको खुट्टामा बाँधेको डोरी फुकाएर सागबारीमा छाड्दिन्थ्यो  । खसीले साग अनि बाली खान थालेपछि आमैले खसी डो-याएर बाँध्थिन् । कृष्ण भने फेरि फुकाइदिन्थ्यो  । हजुरआमा र नातीको खसी बाँध्ने र फुकाउने दोहोरीले छिमेकीसमेत दङ्ग हुन्थे।

‘मेरो खसी खै ? खसी खै ?’ भन्दै ऊ रुन थाल्यो। दुई दिनमै खसीसँग पलाएको मित्रता आँगनमा टुक्राटुक्रा भएको उसले सहन सकेन । उ भक्कानियो।

दुई दिनमा कृष्ण र कालो खसीबीच औधी माया बस्यो । कृष्ण नदेख्दा खसी ‘म्या...’ गरी कराउँथ्यो । खसी नदेख्दा कृष्ण कराउँथ्यो । ‘खै खसी’ भन्दै ऊ पिँढीको थाम र करेसाबारीमा कुद्थ्यो । खसी र नातीको मित्रता देखेर बुढा हजुरबुबा समेत रमाउँथे।

अष्टमीका दिन खसी काटिने भयो । हजुरबा त्यसको तयारीमा लागे । कृष्णलाई भने उसको प्यारो कालो खसी काटिँदैछ भन्ने पत्तो थिएन । खसी आफूलाई खेल्न ल्याएको उसले ठानेको थियो । ऊ हजुरआमालाई सोध्थ्यो, ‘मसँग खेल्नलाई खसी ल्याउनुभएको हो आमा ?’ ‘हो बाबा ! खसी र तिमी मिलेर खेल है ?’ हजुरआमा भन्थिन्।

अष्टमीको बिहान आँगनमा ठूलो डेक्चीमा पानी तताएको देखाएर ऊ हजुरबालाई सोध्यो, ‘यति धेरै पानी किन तताउनुभएको बाबा ?’ हजुरबाले भने, ‘खसीलाई नुहाइदिन हो ।’ परिवारका मान्छेले खसी नुहाइदिने भनेपछि ऊ खुसीले आँगनमा फुरुकफुरुक उफ्रियो । ‘आमा ! खसीलाई म साबुन लगाइदिन्छु है?’ 

पानी तात्यो । काट्ने हतियार लिएर छिमेकी आइपुगे । खसी काट्ने तयारी भयो ।  केटाकेटीलाई काटमार भएको देखाउन हुन्न भन्दै परिवारका सदस्यले ‘बाबु पापा खान हिँड’ भनेर करेसापछाडीको किराना पसलमा लगे । कृष्ण चकलेटमा रमायो । यता खसीलाई छिनालेर काटकुट गर्न थालियो।

नातीले देख्ला भनेर हजुरबुबाले खसीको सबै भुत्ला लुकाए । कालो खसी खुत्याएपछि सेतो भयो । त्यसमा बेसार दलेपछि पहेँलै भयो । कृष्णले नचिनोस् भन्दै कालो जति सबै लुकाउन थाले । खसीका चार वटा खु्ट्टामा रहेको रौँ उखेल्न भने  सबैलाई धौधौ प-यो ।  कृष्ण आउला भनेर हतारमा त्यो रौँ पनि उक्काउन खोजियो । तर सकिएन । परिवारका मान्छेले खुट्टा लुकाए।

कृष्ण चकलेटले मुख मिठ्याउँदै आँगनमा आइपुग्यो । खसी देखेन । ‘खै खसी ?’ उसले सोध्यो । सबैले भने ‘खसी त फुुुकेर गयो ।’ फुकेर गएको खसी फर्केर आउनेछ भन्दै हजुरआमाले कृष्णलाई सम्झाउने प्रयास गरिन् । उसले अध्याँरो मुख लगायो । यताउता हे-यो । खसी देखेन  । आँगनमा मासुका भाग थिए तर ऊ कालो खसी खोजिरह्यो ।  निकै समयपछि उसको आँखा हजुरबुबाको हातमा प-यो । त्यहाँ कालो केही देख्यो । त्यो त खसीको खु्ट्टा रहेछ । उसले बल्ल सम्झ्यो खसी काटेछन् भन्ने।  

‘मेरो खसी खै ? खसी खै ?’ भन्दै ऊ रुन थाल्यो । दुई दिनमै खसीसँग पलाएको मित्रता आँगनमा टुक्राटुक्रा भएको उसले सहन सकेन । उ भक्कानियो । उसले खसी काट्ने मान्छे देखेन  तर हजुरबुबाको हातमा खसीको खु्टटा देखेपछि उसले हजुरबुबालाई अध्याँरो अनुहार लगाएर हे-यो । ‘अब म तपार्इंसँग बोल्दिनँ ।’ आँखाभरि आँसु पार्दै उसले भन्यो।  

आफूले निकै माया गर्ने नाती एक्कासी आफुसँग रिसाएको चाल पाए हजुरबुबाले । कृष्णले मन दुखाएको देखेर हजुरबुबा पनि निराश भए । हजुरबुबाले कृष्णलाई सम्झाउने भने, ‘मैले काटेको हैन कृष्ण ।’ तर कृष्णले हजुरबुबाको कुरा पत्याएन,  ‘तपाईँले नै हो ।’ कसैको कुरा सुन्न मानेन । ऊ आँखा टिल्पिलाउँदै झोक्राइरह्यो।

घरमा भान्सा तयार भयो । यसअघि कृष्ण पकाएको मासु खान्थ्यो । तर यसपटक भान्सामा मग्मगाइरहेको मासु उसको कालो खसीको हो भन्ने उसलाई थाहा थियो । त्यसैले उसले मासु खान्न भन्यो । रिसाउँदै भन्यो, ‘यो भात पनि खान्न ।’ कृष्णको खसीप्रतिको प्रेम देखेर हजुरबुबा र हजुरआमाको मन पनि खिन्न भयो।

उसको बुबा र ममीले फकाएर  दालभात त खुवाए तर उसलाई खुसी बनाउन सकेनन् । ऊ दिनभर अध्याँरो अनुहार  लगाएर बस्यो । हजुरबुबालाई  देख्नेबित्तिकै  रिसाउँथ्यो र गाली गथ्र्यो  । ऊ रुँदै हजुरबुबालाई घरिघरि प्रश्न गथ्र्याे, ‘मेरो साथीलाई किन काट्नुभयो ?’ हजुरबुबा कृष्णको अगाडि नाजवाफ हुन्थे।

नातीको जिद्दी देखेर हजुरबुबा पनि दुखी भए । के गर्ने के नगर्ने उनलाई फसाद प-यो । जति सम्झाए पनि कृष्णले मानेन । खसी काटिएको कुरा उसले बिर्सनै सकेन । उनीहरूको दसैँ नै उदास  बन्यो।

नातीको जिद्दीबाट हारेपछि हजुरबुबाले आफ्नो गल्ती भएको स्वीकार्दै ‘सरी’ भने । कृष्णले हजुरबुबाको अनुहार तर्फ हेर्दा पनि हेरेन ।  ‘म उठबस गर्छु,’ भनेर हजुरबुबाले  ‘एक दुई’ गन्दै उठबस  गरे । कृष्ण अझै खुसी भएन । हजुरबुबा झनै दुखी भए । उनले चारैतिर आँखा नियाले । उनलाई सबैतिर नरमाइलो महसुस भयो।

अन्त्यमा हजुरबुबाले  दुखी  हुदै भने, ‘बाबु म अब कहिल्यै  खसी काट्दिनँ । बलि दिनुपर्ने चलन हो भने घिरौलाको दिन्छु  तर खसी ल्याएर काटमार गर्ने छैन ।’ बल्ल कृष्णले हजुरबुबाको अनुहारमा हे-यो । उसको अनुहारमा अलिकति उज्यालो छायो । हजुरबुबाले, ‘हो बाबु, अब म कहिल्यै खसी काट्दिनँ ।’ भन्दै नातीलाई अँगालो हाले । कृष्णको ओठ मुस्कुरायो । उसले हजुरबुबालाई नियाल्यो र भन्यो, ‘थ्याक्यू बाबा!’







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...