८ वैशाख २०८१ शनिबार
अन्य

लुलालाई कारागारमा भेटेर फर्के पछि...

दुःखमा परेका परिवारहरूका बारेमा टोल्सटायको चर्चित व्याख्या जस्तै हुन्छन्–कारागारहरू । दुःखमा परेको परिवार र कारागार– दुवै ‘आ–आफ्नै हिसाबले दुःखी हुनेगर्दछन् ।’ तथापि दुःखी परिवार र कारागारबीच केही समान विशेषता पनि हुने गर्दछन् । कठोर र निस्सासिंदो कारागारभित्र तिम्रो जीवनमा कसैको पूर्ण नियन्त्रण हुने गर्दछ।

मेरी श्रीमती भालेरिया र मैले हालै यो समयको सबभन्दा प्रतिष्ठित राजनीतिक बन्दीलाई कारागारमा पुगेर भेट्यौं । उनी समकालीन विश्व राजनीतिका असामान्य महत्व बोकेका व्यक्तित्व हुन्।

मैले संरा अमेरिकामा देखेका कारागारका स्तरभन्दा ब्राजिलको कुरिटिबाको सङ्घीय कारागार त्यत्ति भयानक वा पिरोल्ने खालको लागेन । यद्यापि कारागारको उचाई निकै होचो लाग्यो । मैले विदेशमा भ्रमण गरेका कुनै पनि कारागारभन्दा त्यो कारागार फरक खालको लाग्यो । दक्षिण लेवनानमा रहेको इजरायलको खियाम यातना गृहजस्तो दुर्गम पनि थिएन । लेवनानको त्यो यातना गृहलाई अहिले इजरायलले आफ्नो अपराध मेट्न त्यो यातनागृहलाई वम हानेर पूर्ण रुपमा ध्वस्त बनाइएको थियो । मैले भ्रमण गरेको अर्को  कारागार (चिलीका तानाशाह) पिनोचे सरकारले चलाएको भिल्ला ग्रिमाल्डी हो । कुरिटिबाको कारागार त्यो भन्दा कता हो कता, अवर्णनीय रुपमा फरक छ । भिल्ला ग्रिमाल्डीको डिजाइन यति गएगुज्रेको तरिकाबाट गरिएको थियो भने कोही बन्दी त्यहाँको चरम यातनाबाट कदाचित बाँचिहाले पनि एउटा गोलघरमा फालेर कुहाएर मारिन्थ्यो । सिकागोका अर्थशास्त्रीहरूले पहिलो पटक गरेको नवउदारवादको प्रयोग बिना कुनै विरोध सफल बनाउन त्यस्ता सबै माध्यम अवलम्बन गरिएका थिए।  

जस्तो होस् कारागार आखिरमा कारागार नै हुन्छ।

हामी भेट्न गएको व्यक्ति हुन्–लुइस इनासिओ लुला डा सिल्भा । संसारले उनलाई ‘‘लुला’’ नामले चिनेको छ । उनलाई वास्तवमा आजीवन काराबास सजाय सुनाइएको छ । एकान्त कोठामा बन्दी बनाइएको छ । कुनै पत्रपत्रिका वा जर्नलको बन्दोबस्त गरिएको छैन । हप्तामा एकाध पटक सीमित सङ्ख्यामा मानिस भेट्न दिइएको छ।

ल्याटिन अमेरिकाको सन्दर्भमा उसको मौलिक राजनीतिक भ्रष्टाचारको बारेमा धेरै कुरा भनिनुपर्दछ । पश्चिमा शक्तिले ल्याटिन अमेरिकी राजनीतिक भ्रष्टाचारलाई निरपेक्ष रुपमा भत्र्सना मात्र गर्ने गरेका छन् । निसन्देह भ्रष्टाचार एउटा महारोग नै हो र त्यसलाई सहन हुन्न । तर यो महारोग ‘विकासशील देश’ मा मात्र सीमित भने पक्कै होइन । जेपीमोर्गन चेज, बैक अफ अमेरिका, गोल्डम्यान सेच्स, डुच बैड्ढ, सिटीग्रुप जस्ता ठूलठूला बैड्ढलाई समस्या समाधानको नाममा दसौं अर्ब डलर जरिवाना गरिएको कुरा कसैका सामू छिपेको छैन । लाखौं लाख मानिसको जीवन बर्बाद भएको तिनका आपराधिक गतिविधिका लागि कोही पनि व्यक्तिलाई कानुनी कठघरामा भने उभ्याइएन।

हामीले लुलालाई भेटेको भोलिपल्ट प्रेस स्वतन्त्रताको जिकिर गर्दै एक जना न्यायाधीशले ब्राजिलको सबभन्दा ठूलो अखबार ‘फोल्हा अफ साओ पाउलो’का पत्रकारलाई लुलासंग अन्तर्वार्ता लिने अवसर दिइएको रहेछ । तर तत्कालै अर्का न्यायाधीशले हस्तक्षेप गरेर त्यो आदेश खारेज गरिदिए । जब कि ब्राजिलका कारागारमा देशकै सबभन्दा हिंस्रक अपराधी, सशस्त्र दस्ताका नेता र लागु औषध कारोबारीलाई समेत नियमित रुपमा अन्तर्वार्ता लिन दिने बन्दोबस्त गरिएको छ।

ब्राजिलको सत्ता संरचनाको मुख्य ध्येय लुलालाई कारागारमा थुन्नु मात्र पक्कै होइन । उनीहरू चुनावमा मतदानका लागि तयारी गर्दै गरेका ब्राजिलका जनतालाई लुलाका कुनै पनि शब्द सुनाउन चाह“दैनन् । यो काम फत्ते गर्न उनीहरू जस्तै उपाय पनि प्रयोग गर्न तयार छन्।

अन्तर्वार्ता लिन नदिएर पछिल्लो न्यायाधीशले कुनै नयाँ पुरुषार्थ गरेका थिएनन् । उनीजस्तै उनका एक जना पूर्खा थिए–सन् १९२६ मा । एन्टिनिओ ग्राम्स्कीलाई सजाय घोषणा गर्ने क्रममा मुसोलिनीको फासीवादी सत्ताले तिनै न्यायाधीशलाई घोषणा गर्न लगाए,‘‘कम्तीमा बीस वर्षसम्म हामीले उनको दिमागलाई काम गर्न बन्द गर्नुपर्छ।’’

‘‘इतिहास आफैं दोहोरिने गर्दैन तर इतिहासको प्रायशः अन्त्यानुप्रास मिलिरहेको हुन्छ ।’’, मार्क ट्वेनले भनेका छन् ।

त्यस्तो कष्टसाध्य अवस्था र न्यायको खिल्ली उडाइएको परिस्थितिमा पनि लुला आफ्नो स्वभावअनुसार कारागारमा हामीसंग भेट्दा उर्जाशील नै थिए । भविष्यप्रति आशावादी । आजको भयावह समयबाट ब्राजिललाई मुक्त बनाउने भन्नेबारेमा अनेकन विचारले भरिएका । उनको त्यस्तो मनस्थितिबाट हामी उत्साहित भयौं, तर उनको यो उत्साह भने आश्चर्यको कुरा होइन।

कसैलाई बन्दी बनाउन कुनै न कुनै अभियोग लगाइने गरिन्छ–त्यस्ता अभियोगमध्ये केही सही हुन सक्छ भने असत्य पनि हुन सक्दछ । तर फेरि पनि उसलाई बन्दी बनाइनुका वास्तविक कारणको खोजी गर्नु भने अर्थपूर्ण नै हुने गर्दछ । लुलाको मुद्दामा पनि उनलाई बन्दी बनाइएको अभियोग सही वा गलत, परख गर्नुपर्ने हुन्छ । लुलाविरुद्धको सुरूको मुद्दा भनेको भ्रष्टाचारको आरोपमा सजाय भोगिरहेका एक जना व्यापारीले आफ्नो निर्दोषिता प्रमाणित गर्न लुलालाई आफूले एउटा घर उपहार दिएको पत्रबाट सुरू भएको थियो । लुला त्यस्तो कुनै पनि घरमा बसेका थिएनन् । यो पूरै अपत्यारिलो कुरा हो।

आरोपित अपराध ब्राजिली मापदण्डअनुसार खोजी पत्ता लगाउन मुस्किल पर्दछ । यो विषयमा थप केही चर्चाको आवश्यकता छ । म त्यसबारे पछि चर्चा गर्नेछु । आरोपित अपराधको लागि अहिले दिइएको सजाय निकै अनुपयुक्त छ । त्यसकारणले पनि लुलामाथिको सजायका अन्तर्निहित कारणबारे खोजी गर्नु आवश्यक भएको हो । कसैलाई उम्मेदवार बनाउनु कुनै गाह्राे काम होइन । ब्राजिलमा अब हुने निर्वाचन त्यहाँको भविष्यको लागि ज्यादै महत्व राख्ने चुनाव हो । लुला अरू कोही पनि उम्मेद्वारभन्दा सबभन्दा लोकप्रिय उम्मेद्वार थिए । चुनाव निष्पक्ष भएको अवस्थामा उनले सजिलै चुनाव जित्थे । लुला जित्ने चुनावलाई भने ब्राजिलका सम्भ्रान्त धनी वर्गले कहिल्यै पनि रुचाउनेछैन।

लुला ब्राजिलका राष्ट्रपति रहँदा उनले आन्तरिक र अन्तर्राष्ट्रिय पुँजीको चासोलाई पनि समेट्ने तरिकाबाट आफ्ना नीति निर्धारण गरेका थिए । तथापि ब्राजिलका सम्भ्रान्त वर्ग उनलाई तिरस्कार गर्दछन् । किनभने लुला सरकारले सामाजिक समावेशिकरण र विपन्न वर्गको हितका नीतिहरू पनि कार्यान्वयनमा लगेको थियो । यो भन्दा पनि अझ प्रधान कारण अरू नै छ, त्यो हो वर्गीय घृणा । उच्च शिक्षा पनि नपढेका एक जना गरीब मजदुर जसलाई पोर्चुगाली भाषा पनि राम्ररी बोल्न आउँदैन, त्यस्तो मान्छेलाई सम्भ्रान्त वर्गले कसरी देशको सत्ता सम्हाल्न दिन तयार हुन्छन् र?

लुलाको सरकारलाई पश्चिमा शक्तिले धेरै शड्ढा–उपशड्ढाबीच सहेको थियो । उनको सफलताप्रति त्यत्ति बलियो उत्साह भने थिएन । लुलाका विदेशमन्त्री सेल्सो अमोरिमले ब्राजिललाई विश्वमञ्चको केन्द्रमा तान्ने नाममा ब्राजिल ‘दक्षिण(गोलाद्र्ध)को महाशक्ति’ बन्छ भन्ने एक शताब्दीअघिको भविष्यवाणी साकार बनाउने अभियानतिर लागेका थिए । पश्चिमा शक्तिबाट लुला सरकारका कतिपय निर्णयको चर्को विरोध पनि भएको थियो । त्यसरी पश्चिमा देशले चर्को विरोध गरेको निर्णयमध्ये एउटा थियो–सन् २०१० मा टर्कीसंगको समन्वयनमा इरानको आणविक कार्यक्रमसम्बन्धी द्वन्द्वको समाधानतिरको सन्दर्भमा ब्राजिलको भूमिका । ब्राजिलको भूमिकाले इरानी आणविक विषयमा संरा अमेरिकाको प्रभुत्वलाई कम गथ्र्यो । त्यसबाहेक ल्याटिन अमेरिका र वरपरका क्षेत्रमा पश्चिमा शक्तिबाट स्वतन्त्र शक्तिको विकासमा ब्राजिलको नेतृत्वदायी भूमिकालाई विश्वलाई आफ्नो शासनमूनि राख्नमा अभ्यस्त पश्चिमा शक्तिले स्वागत गर्न गाह्रै माने।

लुलालाई बन्दी बनाइएको अवस्थामा आसन्न निर्वाचनमा ब्राजिलका दक्षिणपन्थी शक्तिका प्रिय पात्र जायर बोल्सोनारोको निम्ति राष्ट्रपति बन्ने र अहिलेका राष्ट्रपति मिचेल टेमरका अत्यन्त प्रतिगामी नीतिलाई अझ गम्भीरतापूर्वक बिस्तार गर्ने राम्रो मौका बन्न सक्छ । अघिल्ला राष्ट्रपति डिल्मा रुसेफलाई निकै हाँस्यास्पद प्रक्रियाबाट महाभियोग लगाई पदच्युत गरिएको थियो । ल्याटिन अमेरिकाका अधिकांश महत्वपूर्ण देशमा आज भइरहेका ‘नरम सत्ताकब्जा’ को मञ्चन त्यत्तिबेला रुसेफविरुद्ध भएको थियो । रुसेफलाई पदच्युत बनाएर टेमर राष्ट्रपति बनेका थिए।

बोल्सोनारो स्वंय एक जना कडा र निर्मम तानाशाह तथा सैनिक शासनका प्रशंसक भएको नाताले ब्राजिलमा ‘सुव्यवस्था’ पुनस्र्थापना गर्नेछन् । उनले आफूलाई भ्रष्ट राजनीतिक संस्थापन ध्वस्त बनाउने निष्कलङ्क राजनीतिक छवि भएको व्यक्तिको रुपमा जनतासमक्ष अपिल गरिरहेका छन् । उनको यो अपिललाई धेरैजसो ब्राजिलका जनता राम्रो कारणसहित अस्वीकार गर्दछन् । अघिल्लो पुस्तामा नवउदारवादी हमलाको प्रभावप्रति संसारका अधिकांश भूभागमा भइरहेका तितो प्रतिक्रिया ब्राजिलका जनताले आफ्नो सन्दर्भमा दाँज्ने गरेका छन् । बोल्सोनारोले आफूलाई अर्थशास्त्री पाउलो ग्युदेसको अतिउदारवादी सिकागो विचारबाहेक अर्थशास्त्रबारे केही पनि थाहा नभएको प्रमाणित गरिसकेका छन्।

अर्थशास्त्री ग्युदेससंग ब्राजिलको समस्याबारे स्पष्ट र खुला समाधानको बाटो छ । ‘सबै कुराको निजीकरण’ नै उनले देखेको समाधानको बाटो हो । ब्राजिललाई आँखा चिम्लेर लुटिरहेका अग्रजहरूले बनाएको ऋण तिर्न उनले सुझाएको बाटो भनेको सबै राष्ट्रिय पूर्वाधार निजी क्षेत्रलाई सुम्पिनु हो । भएभरका सबै कुराको निजीकरण, ताकि देश यति ठूलो खाल्डोमा फसोस् कि कुनै निकै धनी र प्रभुत्ववादी आर्थिक संस्थाको ब्राजिल खेलौनामा परिणत होस् । अर्थशास्त्री ग्युदेस कुनै बेला पिनोचेको तानाशाही कालमा चिलीमा काम गरेका थिए । त्यसकारण चिलीमा गरिएको सिकागो नवउदारवादको पहिलो प्रयोगका परिणामको स्मरण गर्नु आजको ब्राजिलको लागि उपयोगी हुन सक्दछ।

सन् १९७३ को सैनिक सत्ताकब्जाबाट चिलीमा सुरू भएको यो (नवउदारवादी) प्रयोगले आतड्ढ र यातनाको मलिलो माटो तयार गरिदियो । त्यो प्रयोग पनि त्यसको लागि मलिलो परिस्थितिमा गरिएको थियो । भिन्नमत राख्ने कसैलाई बाँकी राखिएको थिएन । (पिनोचेको तानाशाही शासनकालको कुख्यात) भिल्ला ग्रिमाल्डिस र त्यस्तै अरू यातना शिविरले भिन्न मतलाई ठेगान लगाउने गर्थे । पिनोचेकालको अनुगमन सिकागो अर्थतन्त्रका सुपरस्टारहरूले गर्थे । संरा अमेरिका, कर्पोरेट संसार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चिलीको त्यस्तो व्यवस्थाप्रति ठूलो समर्थन गरेका थिए । संसारकै सबभन्दा ठूलो उच्च उत्पादनशील राष्ट्रकरण गरिएको तामाखानी कम्पनी ‘सोडेल्को’मा कुनै हस्तक्षेप नगरेर आर्थिक योजनाकारहरूले पनि बुद्धिमानी नै प्रदर्शन गरेका थिए । त्यो तामाखानी कम्पनी चिलीको अर्थतन्त्रको बलियो आधार थियो।

केही वर्षसम्म चिलीको सो प्रयोगलाई सर्वत्र प्रशंसा गरियो । अनि पछि मौनताको शासन चल्यो । अत्यन्त अनुकूल अवस्थाबीच सन् १९८२ सम्ममा ‘सिकागो ब्वाइज’ले चिलीको अर्थतन्त्र ध्वस्त बनाउन सफल भए । (साल्भाडोर) एलेण्डेको शासनकालमा भन्दा बढी आर्थिक क्षेत्र राज्यअन्तर्गत ल्याउन बाध्य हुनुप-यो । वाग्स(ध्बनक)ले त्यसलाई ‘समाजवादतिरको चिलीको बाटो’ भन्यो । चिलीको अर्थतन्त्रको ठूलो हिस्सा पुराना मालिकहरूको हातमा गयो । शिक्षा र सामाजिक हितका अन्य क्षेत्रमा सड्ढटको शेष आज पनि बा“की नै छ।

ब्राजिललाई कमजोर बनाउने बोल्सोनारो–ग्युडेसका सुत्रबारे कुरा गर्दा ब्राजिलको अर्थराजनीतिमा वित्तको निकै ठूलो शक्ति भएको कुरा हामीले बुझ्नु जरुरी छ । ब्राजिलका अर्थशास्त्री लाडिसलाउ दोबोरले दिएको जानकारीअनुसार सन् २०१४ मा ब्राजिलको अर्थतन्त्र ओरालो लाग्यो । तर ब्राजिलका मुख्य बैड्ढले भने २५ देखि ३० प्रतिशतसम्म मुनाफा कमाए । ‘वित्तीय निकायहरूले वित्तीय उत्पादन गर्ने नभई बरू त्यसलाई बेकम्मा बनाइदिन्छ, त्यसकारण जति बैड्ढहरू नाफामा चल्छन्, अर्थतन्त्रमा त्यत्ति नै गतिरोध आउने भन्ने अवधारणा छ ।’(‘द इरा अफ अनप्रडक्टिभ क्यापिटल’)

दोबोर अगाडि लेख्छन्,‘सन् २०१४ पछि कूल गार्हस्थ उत्पादन(जीडीपी) निकै कम भयो तर वित्तीय निकायका व्याज र नाफा भने वार्षिक २० प्रतिशतदेखि ३० प्रतिशतले बढेको थियो ।’ त्यस्तो वित्तीय प्रणालीको पारिभाषिक विशेषता भनेको वित्तीय प्रणालीले अर्थतन्त्रको सेवा नगरी आफैंको मात्र सेवा गर्ने गर्दछ । यो ऋणात्मक खुद उत्पादकत्व हो । वित्तीय मेसिन वास्तविक अर्थतन्त्रको मूल्यमा बा“चिरहेका छन्।’

यो प्रक्रिया विश्वव्यापी छ । जोसेफ स्टीगेजले यो अवस्थालाई सरल भाषामा सार खिचेका छन्ः‘पहिले पहिले वित्त भनेको  उद्योग–व्यापारका लागि पैसा बन्दोबस्त गर्ने संयन्त्र थियो भने अहिले वित्तीय प्रणाली उद्योग–व्यापारबाट पैसा बाहिर निकाल्ने संयन्त्र बनेको छ ।’ नवउदारवादी हमलाले विश्वमा ल्याएको यो एउटा प्रक्रिया गहिरो सामाजिक–आर्थिक नीतिको उल्टो हिंडाई हो । जहाँ धन केही सीमित हातमा मात्र सीमित हुने गर्दछ । बहुमत आर्थिक गतिविधि गतिरोधमा अल्झिएको हुन्छ । सामाजिक हित क्षीण बन्छ । आर्थिक शक्तिको केन्द्रीकरणको सजिलो माध्यमबाट प्रजातन्त्रको सञ्चालनमा बाधा आइपर्दछ । आर्थिक शक्ति मूलतः परभक्षी वित्तीय संस्थाहरूको हातमा पर्दै जाने गर्दछ । त्यसबाट उत्पन्न हुने परिणाम असन्तोष, आक्रोशको प्रमुख स्रोत बन्न जान्छ । अनि ‘लोकप्रिय’ भनी गलत विशेषण जोडिएका संसारका अधिकांश देशमा फैलिएका शासन चलाइरहेका वित्तीय निकायप्रति हमला सुरू हुने गर्दछ।

सम्भ्रान्त पुँजीपति वर्ग र उनीहरूले रुचाएका पात्रहरूले भविष्यको लागि बनाएको योजना यस्तै हो । लुला राष्ट्रपति निर्वाचित बनेको अवस्थामा उनीहरूको योजना कमजोर बन्नेथियो । लुला राष्ट्रपति बन्दा आम रुपमा वित्तीय संस्था र विश्वभरको व्यापारलाई टेवा त पु-याएको थियो तर आजको पाशविक पुँजीवादको लागि मनग्य रूपमा टेवा भने पु-याएको थिएन ।

लुलाको शासनकालमा ब्राजिलका के भयो भन्ने कुरामा हामी एकक्षण घोत्लिन सक्छौं । सन् २०१६ को मे महिनामा विश्व बैड्ढले लुलाको शासनकालको बारेमाभन्यो,‘स्वर्ण युग’ । ती वर्षका बारेमा बैड्ढको अध्ययन प्रतिवेदनमा लेखिएको छः ‘ब्राजिलको सामाजिक–आर्थिक क्षेत्रमा उल्लेख्य र अन्तर्राष्ट्रिय रुपमा ध्यान दिनुपर्ने खालको प्रगति भएको छ । लुलाले सरकार सम्हालेको वर्ष सन् २००३ देखि ब्राजिलमा गरिबी तथा असमानता घटाउन महत्वपूर्ण काम भएका छन् । साथै रोजगारी सिर्जनाको क्ष्ँमतामा पनि बिस्तार भएको छ । गरिबी न्यूनिकरण गर्न अनुसन्धानात्मक र प्रभावकारी नीति तथा विगतमा बहिस्करणमा परेका सामाजिक समूहको समावेशिकरण सुनिश्चित गर्नुले लाखौं लाख मानिसलाई गरिबीको रेखाबाट माथि उकासेको छ।’

प्रतिवेदन अघि लेख्छः‘ब्राजिल विश्वव्यापी जिम्मेवारीमा पनि अग्रसर बनेको छ । ब्राजिलले आर्थिक समृद्धिलाई सफलतापूर्वक अघि बढाउनुका साथै आफ्नो मौलिक प्राकृतिक सम्पदाको पनि संरक्षण गर्दै अँएको छ । ब्राजिल आज एउटा महत्वपूर्ण उदयीमान दाता राष्ट्र बनेको छ । विशेषतः सब–साहारा अफ्रिकामा ब्राजिलले आफ्नो संलग्नता व्यापक रुपमा बिस्तार गरेको छ । अन्तर्राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा ब्राजिलले नेतृत्वदायी भूमिका खेल्यो । बितेको दसकमा ब्राजिलको विकासको बाटोले साझा समृद्धि र वातावरणीय रुपमा सन्तुलित विकास सम्भव छ भन्ने कुरा देखाएको छ । ब्राजिलका जनता अन्तर्राष्ट्रिय रुपमा अनुमोदित उपलब्धिको कारण गौरवान्वित छन्।’

यो कुराप्रति आर्थिक शक्ति आफ्नो हातमा भएका ब्राजिलियनहरू खुशी नभए पनि अधिकांश ब्राजिलियन जनता खुशी थिए।

विश्व बैड्ढले आम रुपमा चलनचल्तीको ‘दिगो प्रगति’प्रतिको धारणा त्यागेको छ । आम रुपमा ‘दिगो प्रगति’को परिभाषा ‘वस्तुको अतिउत्पादनले सिर्जना गरेको एउटा भ्रम हो तर आजको अन्तर्राष्ट्रिय वातावरणमा यो नमिल्ने अस्थायी विकास मात्र हो ।’ विश्व बैड्ढले यो परिभाषालाई ‘गलत’ भएको प्रतिक्रिया जनाएको छ । अहिलेको सामाजिक आर्थिक उपलब्धिलाई उल्टाउनु पर्नाको कुनै कारण छैन । सही नीतिमार्फत् तिनलाई बिस्तारित गर्न पनि सकिन्छ।

सही नीति भन्नाले स्थापित संरचनागत ढा“चाभित्र आमूल परिवर्तनकारी नीतिको कार्यान्वयन हो । लुला र डिल्माको शासनकालमा त्यस्तो नीतिको अभ्यास भएको थियो । ती वर्षहरूमा व्यापारी समुदायका मागलाई पनि चित्त बुझाइएको थियो । लुला राष्ट्रपति बन्नुअघिका राष्ट्रपति कार्डोसाले बनाएका नीतिकै जगमा टेकेर ती काम गरिएका थिए । कार्डोसाले बनाएका नीतिहरू सबै फ्या“किएका थिएनन् । सम्पत्तिमाथि करको दर कम गरिएको थियो ।(ठूलो मात्रामा पुँजीलाई विदेशमा पठाउनुको सट्टा करको दर नै कम गरिएको थियो ।) उत्पादनमूलक लगानीको सट्टामा वित्तीय पु“जी आकर्षित गरियो । अल्पतन्त्री र मिडिया एकाधिकारवादीले सामाजिक नीतिहरूका कारण अर्थतन्त्र कमजोर भएको आरोप लगाए । तर वास्तवमा आर्थिक अध्ययनले गरीबलाई प्रदान गरिएको वित्तीय सहायकताले अर्थतन्त्रमा सुधार आएको देखाएको छ । जबकि वित्तीय निकायले लगाउने गरेको उच्च व्याजदर र अरू वित्तीय बन्दोबस्त नै सन् २०१३ को आर्थिक सड्ढटको मूल कारण थियो । त्यो आर्थिक सड्ढटलाई ‘सही नीति’ ले पराजीत गर्न सकिन्थ्यो।

ब्राजिलका प्रभावशाली अर्थशास्त्री तथा पूर्वअर्थमन्त्री लुइस कार्लोस ब्रेसर–पिरेराले चालु आर्थिक सड्ढटका महत्वपूर्ण पक्षलाई प्रष्ट रुपमा व्याख्या गरेका छन्ः व्याज दर उच्च राखेर सार्वजनिक खर्च बन्द गरिनु । ‘त्यसको कुनै आर्थिक व्याख्या छैन । ब्राजिलमा व्याज दर बढी हुनुको आधारभूत कारण भनेको ऋण लिने र ऋण दिनेबीचको शक्ति हो । (कर्पोरेट वर्गको पैसाबाट चुनाव जितेको) संसद र मिडिया एकाधिकारवादले त्यसमा मलजल थपे । जसको परिणाम भयानक निम्तियो । मिडिया पनि मूलभूत रुपमा निजी क्षेत्रको शक्तिको अभिव्यक्ति बनिरहे।

दोबरका अनुसार ब्राजिलको इतिहासमा सधैंभरि प्रतिगामी संरचनागत ढा“चाले सत्ताकब्जाको नतिजामा पु-याउँदै आएको छ । सन् १९५४ मा ब्राजिलका राष्ट्रपति भार्गासको सत्ताच्युत र आत्महत्यादेखि सन् १९६४ सम्मको सत्ताकब्जा यसैको शिलशिला थिए । ती दुवै सत्ताकब्जालाई वाशिङ्टनको बलियो समर्थन थियो । सन् २०१३ यता भइरहेको ‘नरम सत्ताकब्जा’ को शिलशिला हो भन्ने कुरा धेरै घटनाक्रमले पुष्टि गर्दछ । वित्तीय क्षेत्रमा केन्द्रित र उच्च केन्द्रिकृत मिडियाको सेवाप्राप्त परम्परागत शासक वर्गको यो अभियानले सन् २०१३ देखि तीब्र गति समात्यो, जब रुसेफले सीमा मिचेर बढेको व्याज दरलाई केही सभ्य तहमा झार्ने निर्णय गरेकी थिइन् । वित्तीय बजारमा संलग्न हुने क्षमता भएका साना क्षेत्रमा पसेको कालोधनको बाढी घटाउन उनीहरूको अभियानले बाधा पु-यायो।

विद्यमान संरचनागत ढा“चा जोगाउने र ‘गौरवपूर्ण दसक’ का उपलब्धि उल्टाउन अहिलेको अभियानले लुलाको वर्कर्स पार्टी (पीटी) को सरकार छ“दा भएका भ्रष्टाचारको दुरुपयोग गरिरहेको छ । भ्रष्टाचार भएको सही र गम्भीर विषय हो तर जसले यो आरोप लगाएका छन्, उनीहरूका कर्तुत हेरी त्यसको लागि पीटीलाई मात्र दोषारोपण गर्नु भने विशुद्ध पूर्वाग्रह हो । लुलामाथि आज जुन आरोप लगाइएको छ, एक छिनलाई मानौं सही नै माने पनि त्यो अपराध वापत उनलाई राजनीतिक गतिविधिमा सहभागी नै बन्न नदिने सजाय निराधार छ । यसकारण पनि लुलालाई आजको समयका सबभन्दा प्रभावशाली राजनीतिक बन्दी भन्न कर लाग्छ।

पश्चिमा साम्राज्यवादको अवनति भएको शताब्दियौं अवधि बितिसक्दा पनि अझै दक्षिण अमेरिकामा बाँकी रहेको नवउपनिवेशवादी शासन प्रणालीको विरोधमा ग्लोबल साउथले दिएको चुनौतीप्रति अन्तर्राष्ट्रिय प्रतिक्रियामा ब्राजिलको सामाजिक–राजनीतिक अर्थतन्त्रको संरचनागत ढाँचालाई कमजोर बनाउन त्यहा“का स्थायी शासक वर्गको प्रतिक्रिया प्रतिविम्बित छ । उपनिवेशवादमुक्तिको प्रारम्भिक दिनहरू सन् १९५० को दसकतिर असंलग्न आन्दोलन विश्व राजनीतिको रड्डमञ्चमा उक्लिन खोजेका थियो । तर पश्चिमा शक्तिले त्यो आन्दोलनलाई केही समयमै ठेगान लगायो । अमेरिकी गुप्तचर संस्था सीआईएको सहयोगमा बेल्जियमका पुराना शासकहरूले गरेको कड्डोका प्रभावशाली नेता पेट्रिस लुम्बुबाको हत्या त्यसैको एउटा उदाहरण थियो । त्यो अपराध र त्यसपछिको दमनले संसारकै धनीमध्येको देशमा अङ्कुराएको आशाको पनि हत्या भयो । अनि बाँकी रह्यो– आतड्ढ  आतड्ढ  अफ्रिकाका पुराना प्रतिक्रियावादी शक्तिको यसमा मनग्य संलग्नता रह्यो।

तथापि उपनिवेशवादविरोधी सङ्घर्ष भने रोकिएन । त्यसले अझ पीडादायी चरण सामना गर्दै अघि जाने क्रममा पुराना पीडितहरूले पटक–पटक आक्रोशका अभिव्यक्ति दिइरहे । सन् १९६० र ७०–दसकमा ब्राजिलका अर्थशास्त्रीहरूको खँदिलो योगदान सहित संयुक्त राष्ट्र सङ्घीय व्यापार तथा विकास सम्मेलनले एउटा नयाँ अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाको योजना प्रस्ताव ग-यो । विश्व जनसङ्ख्याको ठूलो बहुमत ‘विकासशील समाजहरू’ को विषयमा सो प्रस्तावले चासो राखेको थियो । तर नवउदारवादी प्रतिगमनले त्यसो प्रस्तावलाई तत्कालै निमोठ्ने काम भयो।

केही वर्ष पछि युनेस्कोभित्रै द ग्लोबल साउथले अर्को नया“ अन्तर्राष्ट्रिय सूचना व्यवस्था स्थापनाको लागि आह्वान गरेको थियो । पश्चिमा भर्चिुअल एकाधिकारभन्दा बाहिर विश्वव्यापी मिडिया सूचना प्रणाली बनाउने उद्देश्यबाट सो प्रस्ताव अँएको थियो । सो प्रस्तावसम्बन्धमा पनि राजनीतिक वृत्तमा अनेक थरी अतिरञ्जनापूर्ण हमलाहरू भए । चकित पार्ने झुठ र अतिरञ्जनापूर्ण आरोपसहित उक्त प्रस्तावविरुद्ध व्यापक चर्चा चल्यो । अन्ततः संरा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले त्यसैलाई कारण देखाएर युनेस्कोबाट हात झिके । मिडिया अध्ययनका विद्वान विलियम प्रस्टन, इडवार्ड एस हर्मन र हेबर्ट सिचलरको विध्वंसात्मक (त्यही भएर नपढिएको) अध्ययनले यी सबै सत्य कुरा सतहमा ल्याइदियो । (‘‘होप एण्ड फोली’’)

अर्को मौनतामा मारिएको दस्तावेज थियो सन् १९९३ को दक्षिण केन्द्रको अध्ययन । त्यसमा गरीब देशबाट धनी देशमा भएको पु“जीको रक्तश्रावबारे प्रकाश पारिएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैड्ढजस्ता बहुराष्ट्रिय संस्था पनि पुँजी निर्यात गर्न पछि यो प्रक्रियामा सामेल हुन पुगे । आज ती संस्थाहरू विश्व बैड्ढ र अन्तरा  ‘विकासशील देशहरूमा भएको स्रोतको खुद संकलनकर्ता’ बनेका छन् । सन् २००० मा १३३ वटा देशहरू सहभागी प्रथम दक्षिणी शिखर सम्मेलनको घोषणाको सन्दर्भमा पनि यो सत्य छ । पश्चिमा देशहरूको आफ्नो नया“ सिद्धान्त ‘मानवीय हस्तक्षेप’ को अति आत्मप्रशंसाको प्रतिक्रियामा त्यो घोषणापत्र जारी भएको थियो । ग्लोबल साउथको आ“खामा तथाकथित पश्चिमा शक्तिको त्यो मानवीय हस्तक्षेप साम्राज्यवादको नया“ रूपमा मात्र हो । संयुक्त राष्ट्र सङ्घीय बडापत्र वा अन्तर्राष्ट्रिय कानुनको आम सिद्धान्तमा त्यसको कुनै कानुनी आधार छैन।

शक्तिले कुनै पनि चुनौतीलाई नस्वीकार्नु कुनै आश्चर्यको कुरा भएन । त्यसकारण कुनै पनि चुनौतीलाई सके दबाउनु नभए कम्तीमा मौनतामा मार्ने काम शक्तिले गर्ने गर्दछ।

ल्याटिन अमेरिकाको सन्दर्भमा उसको मौलिक राजनीतिक भ्रष्टाचारको बारेमा धेरै कुरा भनिनुपर्दछ । पश्चिमा शक्तिले ल्याटिन अमेरिकी राजनीतिक भ्रष्टाचारलाई निरपेक्ष रुपमा भत्र्सना मात्र गर्ने गरेका छन् । निसन्देह भ्रष्टाचार एउटा महारोग नै हो र त्यसलाई सहन हुन्न । तर यो महारोग ‘विकासशील देश’ मा मात्र सीमित भने पक्कै होइन । जेपीमोर्गन चेज, बैड्ढ अफ अमेरिका, गोल्डम्यान सेच्स, डुच बैड्ढ, सिटीग्रुप जस्ता ठूलठूला बैड्ढलाई समस्या समाधानको नाममा दसौं अर्ब डलर जरिवाना गरिएको कुरा कसैका सामू छिपेको छैन । लाखौं लाख मानिसको जीवन बर्बाद भएको तिनका आपराधिक गतिविधिका लागि कोही पनि व्यक्तिलाई कानुनी कठघरामा भने उभ्याइएन । ३० अगस्ट सन् २०१४ मा ‘द लण्डन इकोनोमिस्ट’ले सन् २००४ देखि २०१४ सम्मको एक दसकमा २ हजार १ सय ६३ वटा व्यापारिक कर्पोरेटहरू कार्वाहीमा परेको तथ्याड्ढ प्रस्तुत गर्दै लेख्यो,‘अमेरिकी कर्पोरेटलाई कानुनको सही पालना गर्न गाह्राे भइरहेको छ ।’ ‘कर्पोरेट अमेरिका’ को लण्डन जस्ता सहर र अरू महादेशमा पनि मनग्य कम्पनीहरू छन्।

भ्रष्टाचार माथि चर्चा गरिएजस्तै निकै ठूला क्षेत्रदेखि स–साना ठाउ“सम्म फैलिएको छ । सबभन्दा खराब र सूचनामूलक उदाहरण त ज्याला चोरीको उदाहरण नै हुनसक्दछ । संरा अमेरिकामा यो समस्या महामारीको रुपमा फैलिएको छ । न्युन तलब भएका मजदुरमध्ये दुई तिहाईको ज्यालामा हरेक हप्ता चोरी हुने अनुमान गरिएको छ भने चार खण्डको तीन खण्ड मजदुरको सम्पूर्ण अतिरिक्त श्रमको ज्याला चोरी हुने गर्दछ । मजदुरहरूका ज्यालाबाट यसप्रकार चोरी हुने पैसा एक वर्षसम्म जम्मा गर्ने हो भने त्यो बैड्डक, पेट्रोल पम्प वा पसलमा हुने डकैतीको रकमभन्दा बढी हुने गरेको छ । तर त्यसवापत कुनै किसिमको कार्वाही हुने गर्दैन । यसप्रकारको दण्डहीनता रोक्नु व्यापारिक क्षेत्रको लागि अपरिहार्य बनिसकेको छ । त्यसै कारण अमेरिकी व्यवस्थापिकाअन्तर्गतको व्यापारिक लबिङ समूह अमेरिकन एक्सचेन्ज काउन्सिलमा यसलाई प्रमुख प्राथमिकताको क्षेत्र बनाइएको छ । त्यो परिषद्मा कर्पोरेटहरूको ठूलो सङ्ख्यामा सहभागिता हुने गरेको छ।

अमेरिकन एक्सचेन्ज काउन्सिलको प्राथमिक काम भनेको राज्यको लागि कानुन निर्माण गर्ने हो । कर्पोरेट क्षेत्रको पैसाप्रतिको भरोसा र मिडियाको सीमित ध्यान जाने भएकाले यो काउन्सिल कर्पोरेट क्षेत्रको लागि यो सजिलो सिकार बन्ने गर्दछ ।काउन्सिलले सानो सूचनाको भरमा सिड्डो देशको नीतिमा परिवर्तन गर्ने क्षमता रँख्दछ । यसले प्रजातन्त्रमाथिको अप्रत्यक्ष हमला हुने गर्दछ जसको असर दीर्घकालसम्म रहने गर्दछ । कर्पोरेट क्षेत्रको हालीमुहालीका कारण ज्याला चोरीलाई अनुगमन वा कानुनी कार्वाहीको विषय नबनाउन काउन्सिल प्रतिबद्ध छ।

सानो–ठूलो जस्तो भए पनि प्राविधिक भ्रष्टाचार भनेको समुद्रमाथि उठेको हिउँको चुचुरो मात्र हो । प्रमुख भ्रष्टाचार त कानुनी भ्रष्टाचार हो । यसको एउटा उदाहरण भनेको कालो धनको सहारा लिनु हो । कूल विश्व अर्थतन्त्रको चार भागको एक खण्ड अर्थात् ८० त्रिलियन अमेरिकी डलर कालो धन भएको अनुमान गरिएको छ । यसले समानान्तर अर्थतन्त्र चलाएको हुन्छ । त्यसमा न कुनै कानुन लाग्छ न कुनै अनुगमन नै हुने गर्दछ । सबै प्रकारका अवैध आपराधिक काम त्यही अर्थतन्त्रअन्तर्गत सञ्चालन हुने गर्दछ । कर छली पनि यहींबाट हुने गर्दछ । अमेजनले आफ्नो विक्री करमा छुटवापत ठूलो नाफा कमाएको छ । हालै मात्र २ त्रिलियन डलरको व्यापारिक प्रतिष्ठान बनेको अमेजनको यो काम प्राविधिक रुपमा अवैधानिक हो । निकै कम मूल्यमा संरा अमेरिकाको २ प्रतिशत विद्युत्त प्रयोग गर्ने कम्पनीहरू पनि भ्रष्टाचारका दोषी हुन् । व्यापारीबाट उत्पादन लागत गरीब जनताको थाप्लोमा पार्ने संरा अमेरिकी परम्परा पनि भ्रष्टाचार हो । संरा अमेरिकी गरीब जनताले धनी घरानाको तुलनामा आफ्नो आम्दानीभन्दा तीन गुणा बढी उपभोक्ता बिल तिरिरहेका छन् । यस्ता उदाहरण त कति छन् कति।

अर्को महत्वपूर्ण उदाहरण त चुनावकै खरीद गर्नु हो । राजनीतिशास्त्री थोमस फर्गुसनले यो विषयमा विशेष गरी गहिरो अध्ययन गरेका छन् । उनी र उनका साथीहरूको अनुसन्धानले सांसदहरू र मन्त्रीहरूको चुनाव जित्ने नजित्ने भन्ने कुरा चुनावी अभियानमा उसले गर्ने खर्चको आधारमा निर्धारण गर्न सकिने देखाएको छ । यो प्रचलन संरा अमेरिकी राजनीतिक इतिहासमा धेरै पुरानो हो र सन् २०१६ को चुनावमा पनि यो चालु नै रह्यो । औपचारिक प्रजातन्त्रलाई निजी सम्पत्तिको हातको औजारमा परिणत गर्नु ल्याटिन अमेरिकी महारोगमा जस्तै कुनै भ्रष्टाचार मानिंदैन, त्यो त कानुनी भ्रष्टाचार हो।

निर्वाचनमा हुने गरेका यस्ता हस्तक्षेप आज छलफलको कुनै एजेण्डा बनेको छैन । बरू सन् २०१६ को संरा अमेरिकी चुनावमा रुसी हस्तक्षेप आजको चर्चाको विषय बनाइएको छ । यो विषयमा अनेकन प्रकारले खोजबिन र चर्चाका टिप्पणीहरू भएका छन् । तर सन् २०१६ को निर्वाचनलाई पथभ्रष्ट बनाउन कर्पोरेट शक्ति र निजी पुँजीले खेलेको भूमिकाको विषयमा भने कसैले चर्चै गरेका छैनन् । यसरी कर्पोरेट शक्ति र निजी पुँजीले चुनावमा खेल्नु भनेको संरा अमेरिकी चुनावको सन्दर्भमा निकै अघिदेखि चल्दै आएको हो । किन त्यसबारे कुनै चर्चा भएन । किनभने त्यसलाई पूर्ण रुपमा कानुनी बनाइएको छ । सबभन्दा प्रतिक्रियावादी सर्वोच्च अदालतले पनि हालै मात्र त्यसप्रकारको अभ्यासलाई वैधता प्रदान गरेको छ।

निकै पुरानो इतिहास बोकेको अमेरिकी प्रजातन्त्रअन्तर्गत कर्पोरेट शक्तिले चुनाव खरीद गर्नु रुसी ह्याकरले गरेको चलखेल(जो अहिले पनि प्रमाणित भइसकेको छैन) कम महत्वको छ । चुनावी खर्च आकाशिएको छ तर भनसुन गरेर यसलाई दस गुणाले कम मात्र उल्लेख गरिने गरेको छ । नवउदारवादी प्रतिगमनका सुरुवाती दिनदेखि यो महारोग अझ फैलिंदै गएको छ । व्यवस्थापिकाको प्रभाव विशाल हुने गर्दछ, कानुनका स्वार्थ समूहको कानुनी लेखनदेखि त्यसमा हस्ताक्ष्ँर गर्ने सांसदहरूसम्मको त्यो भूमिका फैलिएको हुन्छ । सांसदहरू अर्को चुनावका लागि पैसाको अभिलाषा पनि त्यसमा जोडिएको हुन्छ।

ब्राजिल र समग्र ल्याटिन अमेरिकामा भ्रष्टाचार एउटा महारोग हो । तर ती देशमा खेलाडी यो प्रतिस्पर्धाका साना खेलाडी मात्र हुन्।

यी सबै कुराले हामीलाई उही कारागारको कुरामा ल्याइपु-याउँछ जहाँ आजका एक जना महत्वपूर्ण राजनीतिक बन्दीलाई कैद बनाइएको छ ताकि ब्राजिलमा ‘नरम सत्ताकब्जा’ को प्रक्रिया चालु राख्न कुनै अवरोध नहोस् । ब्राजिलको समाज र संसारबाटै आउन सक्ने त्यसको प्रक्रिया रोक्न उनलाई कैद बनाइएको छ।

यदि आज जे भइरहेको छ, त्यसलाई चुपचाप सहन गरिन्छ भने यो ‘नरम सत्ताकब्जा’ को प्रक्रिया विना रोकतोक अघि बढ्न सक्छ।

अङ्ग्रेजी स्रोतः द इन्टरसेप्ट (अक्टोबर २, २०१८)
नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: १० कार्तिक २०७५ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App