कोलम्बो– श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। सिरिसेनाको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए) सत्तारूढ गठबन्धनबाट बाहिरिएलगत्तै शुक्रवार प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई हटाएर राजापाक्षेलाई नियुक्त गरिएको हो। राजापाक्षेले शुक्रवारै प्रधानमन्त्री पदको सपथ लिएका छन्। यद्यपी विक्रमासिङ्गेले अहिले पनि आफू नै प्रधानमन्त्री रहेको दाबी गरिरहेका छन्।
राजापाक्षे गएको निर्वाचनमा राष्ट्रपतिमा सिरिसेनासँग पराजित भएका थिए। उनी अहिले सिरिसेनाकै सहयोगमा प्रधानमन्त्री बन्न सफल भएका हुन्।
प्रकाशित: ९ कार्तिक २०७५ १८:०३ शुक्रबार