coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल र भारतबीच सुमधर सम्बन्ध बनाउनु पर्छ : दाहाल

नयाँदिल्ली- नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको बताएका छन्। इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेकोे विचार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘नेपालको इतिहासमा पहिलो पटक संविधान लेखिएको जसबाट तीन तहको चुनाव सम्पन्न भएको छ र सबैको पहिचान संरक्षण गरेको छ।' 

सम्मेलनमा दाहालले नेपाल र दक्षिण एसियाको विकासबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। उनले धेरै देशहरुले औद्योगीकरणबाट लाभ लिएका हुनाले दक्षिण एसियामा रहेका देशहरुले पनि औद्योगीकरणबाट लाभ लिनसक्ने बताए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका अध्यक्ष दाहालले समृद्ध समाजको लागि अनुकूल वातावरण सिर्जना गर्न सबै देशहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताए। संसारका धेरै देश अघि बढेका र हामी उनीहरुको पछि लागेको उनकाे भनार्इ छ।

उनले मानव प्रगतिको बावजुद संसारले आज धेरै चुनौतीहरूको सामना गर्नुपरेको बताउँदै भने, ‘अरु देशहरु धेरै अगाडि बढिसके तर हामी अझै गरिबीको चपेटामा पिल्सेका छौँ, यहाँबाट निस्कन जरुरी छ, यसको लागि दुई राष्ट्रबीच (नेपाल र भारत) सुमधर सम्बन्ध बनाउनु पर्छ।’

अध्यक्ष दाहालले दश वर्षपछि राजनीतिक अस्थिरता र दर्दनाक संक्रमणको अन्त्य भएको बताए। ‘हामी अन्ततः स्थिर सरकारको सम्भावना बढाउन सक्षम छौं जुन विकासको लागि आवश्यक छ’ उनले भने। नेपाल सरकारले ‘समृद्ध नेपाल, खुसी नेपाल’ को दर्शनलाई महसुस गर्न काम गरिरहेको उनको भनाइ थियाे।

पूर्वप्रधानमन्त्री दाहालले नेपालका आसपासका छिमेकीहरुलाई नेपाल विकासको प्रयासमा उनीहरूको सहयोगको लागि कृतज्ञता देखाए। उनले भने, ‘हामी आशायोग्य छौं कि यस्तो सहयोग जारी रहनेछ।’

नेपाल र भारतसम्बन्धबारे उनले भने, ‘समानुपातिक सहअस्तित्वको एक पुरातन इतिहास छ। हामी भूगोलले पनि इतिहास, धर्म र संस्कार, संस्कृति र वाणिज्यद्वारा जोडिएको छौँ। हामी केवल छिमेकीहरू मात्र होइनौं नजिकका मित्र पनि हौँ।’ दाहाल राजनीतिक भेटघाट नगरी आजै स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ९ कार्तिक २०७५ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App