coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भीरबाट लडेर महिलाको मृत्यु

उदयपुर– उदयपुरकी एक महिला भीरबाट लडेर मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बेलटार मगरडाँडाकी २३ वर्षीया बबिता रोक्का सार्की शुक्रबार दिउँसो नजिकैको पहरेखोलास्थित भीरबाट लडेर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ। 

इप्रकालाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार रोक्का मादक पदार्थ सेवन गरेको अवस्थामा अघिल्लो दिन अन्दाजी ४ बजेतिर घर छाडेर हिडेकी थिइन्। कसैलाई केही नभनी हिडेकी रोक्का राति घर नफर्केको र २४ घण्टापछि पहरेखोलास्थित लगभग ६०÷७० फिट हग्लो भीरमुनि मृत अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए। 

स्थानीयको खवरलगत्तै गएको इप्रका बेलटारका निरीक्षक कमाण्डको प्रहरी टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी बेलटारमा राखेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। स्थानीय चक्रबहादुर सार्कीकी छोरी बबिता गाउँकै शिव रोक्काकी श्रीमती भएको प्रहरीले जनाएको छ। 

घट्ना के कारण भएको भन्नेबारेमा केही नखुलेको र यसबारे अनुसन्धान भइरहेको एसपी राईले बताएका छन्। परिवारले भने उनी मदिरापान नियमित सेवन गर्ने गरेको जनाएको प्रहरी भनाई छ। 

प्रकाशित: ९ कार्तिक २०७५ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App