७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘प्रदेशले प्रहरी कानुन बनाएकोमा धन्यवाद दिनुपर्छ’

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले चाँडोभन्दा चाँडो कानुन ल्याउन सरकारसँग माग गरेका छन्। ‘संसद बैठक छिटो बसेर अब बाझिएका कानुनहरु सच्याउनुपर्छ’, उनले रिपोर्टर्स क्लबमा भने।

प्रदेशले नै प्रहरी ऐन बनाउने कुरा संविधानमै प्रष्टसँग लेखेको बताउँदै उनले भने, ‘हिजोको प्रहरी ऐन एकात्मक थिए। अब संघीय कानुन अनुसार बनाउनुपर्छ। संविधानको धारा २८६ र अनुसूची ६ ले प्रादेशिक प्रहरी भनेर व्यवस्था गरेको छ। त्यसको उद्देश्य प्रदेशहरुमा शान्ति, सुरक्षा कायम गर्नु हो।’

दुई नम्बर प्रदेशले प्रदेश कानुन बनाएकोमा सबैले धन्यवाद दिनुपर्ने उनको भनाई थियो। 

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर प्रदेश परिषदको बैठक नबोलाएकोमा पनि श्रेष्ठले गुनासो पोखे। ‘उहाँले केन्द्र र प्रदेशबीच समन्वय चाहेको भए तुरुन्त बैठक डाक्नुहुन्थ्यो। प्रधानमन्त्री भनेको त फल फलेको बोट बन्नुपर्छ। पोखरा र बुटवलबाट मुख्यमन्त्रीहरुले गुनासो राख्दा काठमाडौंबाट जवाफ दिनुहुँदैन्। यसले झन द्वन्द्व बढाउँछ’, उनले भने।

मुलुकको विकास, समृद्धि र सुशासनमा साझेदारीको लागि पनि परिषदको बैठक बोलाउनुपर्ने उनको सुझाव छ। अहिले प्रदेश सरकारलाई विघटन गर्नुपर्नेगरि २ नम्बर प्रदेशले कुनै गलत काम नगरेको पनि उनले जिकिर गरे। 

प्रकाशित: ९ कार्तिक २०७५ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App