७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जापानमा भूकम्प

टोकियो- उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो। 

यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ। उक्त भूकम्पको केन्द्रविन्दु ३० किलोमिटर गहिराइमा रहेको थियो । यस भूकम्पपछि सुुनामीको सूचना भने दिइएको छैन। 

जापानमा गत सेप्टेम्बर ६ मा होक्काइदो द्वीपमा गएको ६.७ रिक्टर स्केलको भूकम्पबाट ४१ जनाको मृत्यु हुनुका साथै ६५० भन्दा बढी व्यक्ति घाइते भएका थिए। 

जापानमा सन् २०११ मा गएको ९.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी व्यापक जनधनको क्षति भएको थियो। 

जापानको इतिहासमा सबैभन्दा शक्तिशाली मानिएको त्यस भूकम्पबाट १५ हजारभन्दा बढीको मृत्यु हुनुका साथै अन्य हजारौँ व्यक्ति घाइते वा बेपत्ता भएका थिए। 

प्रकाशित: ९ कार्तिक २०७५ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App