नेपालटारमा ट्रकको ठक्करबाट दुर्इ जनाको मृत्यु

शुक्रबार, ०९ कार्तिक २०७५, १३ : ४७ नागरिक

काठमाडौं– तारकेश्वर नगरपालिका नेपालटारमा ट्रकको ठक्करबाट २ जनाको मृृत्यु भएको छ । नेपालटार नजिकै लोलाङ हाइटमा ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको घटनास्थलमै र एक बालकको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफ्रिक नयाँ बसपार्कले जनाएको छ।

प्रहरी नायब निरीक्षक जेजंग कार्कीका अनुसार शुक्रबार बिहान सवा १० बजेतिर ना ६ ख ७८२६ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ६५ वर्षीया तिलकुमारी तिवारी को घटनास्थलमै मृत्यु भएको छ।  गोरखा बुंकोट घर भएकी तिवारी नेपालटारमा डेरा गरी बस्दै आएकी थिइन्। 

उनीसंगै घाइत भएका साढे ३ वर्षीय बालक अर्जित तिवारीको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कार्कीले जानकारी दिए। घटनामा गम्भीर घाइते भएकी सावित्री पुडासैनीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

घटनापछि स्थानीयले घटनास्थलमा प्रदर्शन गरिरहेका छन् भने मृतकको शव पनि उठाउन दिएका छैनन्। सावारी साधनलाई नियन्त्रणमा लिइएको भए पनि चालक फरार रहेको कार्कीले जनाए। 

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad