५ वैशाख २०८१ बुधबार
खेल

पोखरा प्रिमियर लिगः पोखराद्वारा विराटनगरसामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको छ।

पोखराका लागि ओपनिङ ब्याट्म्यान आशिफ शेख र कुसल भुर्तेलले पहिलो विकेटका लागि ५३ रनको उत्कृष्ट साझेदारी गरेका थिए। आशिफले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ५४ बलमा ५ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै रभि सिंहले ४४, कुशल भुर्तेलले ३८ र विनोद भण्डारीले नटआउट ४१ रनको आक्रमक पारी खेले।

विनोदले ११ बलमा २ चौंका र ५ छक्का प्रहार गरे। सरद भेषावकर ७ रनमा अविजित रहे। विराटनगरका लागि सन्दीप लामिछानेले २ र सहाब आलमले एक विकेट लिए।

प्रकाशित: ९ कार्तिक २०७५ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App