coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आजदेखि पोखरा प्रिमियर लिग: टसको प्रतीक्षामा पोखरा र विराटनगर

पोखरा - झन्डै तीन महिनाको अथक प्रयासपछि पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको प्रतीक्षा सकिएको छ। शुक्रबारदेखि पोखरा पल्टनले विराटनगर टाइटनसँग टस गरेसँगै प्रतियोगिता आरम्भ हुनेछ। त्यसका लागि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आवश्यक तयारीलाई पूर्णता दिएको छ।

घरेलु मैदानमा पोखरा पल्टन जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ। विराटनगर टाइटन पनि पोखरालाई घरेलु मैदानमै पराजित गरेर पोखरा प्रिमियर लिगको सुखद सुरुआत गर्ने योजनामा छ। युवा पुस्ता र अनुभवी खेलाडीको समिश्रण पोखरा पल्टनमा छ। विराटनगर पनि अनुभवी खेलाडीले भरिएको छ। विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने र पोखरा पल्टनका मार्की शरद भेषावकर दुवैले शुक्रबारको प्रतीक्षामा रहेको स्पष्ट पारे।

घरेलु मैदानमा पोखरा पल्टन जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ। विराटनगर टाइटन पनि पोखरालाई घरेलु मैदानमै पराजित गरेर पोखरा प्रिमियर लिगको सुखद सुरुआत गर्ने योजनामा छ।

‘हाम्रो टोलीमा सबै अनुभवी खेलाडी छन्। सबै उत्कृष्ट र राम्रा छन्,’ विराटनगरका मार्की खेलाडी लामिछानेले भने, ‘तर विदेशी खेलाडीका लागि आवश्यक भिसा प्रक्रियामा भएको समस्याले उनीहरू आउन ढिलाइ भएको छ।’ विराटनगरले दीपेश श्रेष्ठ, साहब आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदीप ऐरी, राजु रिजाल, जितेन्द्र ठकुरी, सुनील धमला, रविन जोशी र हिमांशु दत्त छन् । दुई विदेशी खेलाडी र दुई घरेलु खेलाडीको नाम सार्वजनिक भने भइसकेको छैन।

‘हेरौं, खेल राम्रो हुन्छ। मैदानको अवस्था राम्रो देखिएको छ। जितका लागि खेल्छौं,’ लामिछानेले भने, ‘विदेशी खेलाडी ल्याउन आवश्यक प्रक्रिया भइरहेको छ। केही ढिलो हुने देखिएको छ।’ उता पोखरा पल्टनले पनि घरेलु मैदानमा नयाँ जोस र उमंग एवं उत्साह रहेको बताएको छ।

पोखरा पल्टनमा रोहितकुमार पौडेल, विनोद भण्डारी, ललितनाथ राजवंशी, रसिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुसाल, मेहबुब आलम, मोहम्मद आसिफ शेख, दिव्यांशु मल्लिक र ईशान पाण्डे छन्। दुई घरेलु खेलाडीमा दीपेश खत्री र सुमन घिमिरेको सम्भावना बढी छ। विदेशी खेलाडीमा रविसिंह मेहरा (भारतीय) रहेका छन्।

‘हाम्रो युवा र पुराना अनुभवी खेलाडीको समिश्रण छ। त्यो नै हाम्रो स्ट्रोङ प्वाइन्ट हो,’ पोखरा पल्टनका कप्तानसमेत रहेका भेषावकरले भने। पल्टनका प्रशिक्षक विनोद दासले मैदान र पिच नयाँ भएकाले कस्तो हुन्छ भन्ने नै यकिन नभएको स्पष्ट पारे। ‘पिच नयाँ बनेको छ। आउटफिल्ड देखिँदा राम्रो छ। यद्यपि मैदानको बारेमा दुवै टिम अनभिज्ञ नै छौं ,’ उनले सुनाए।

विराटनगर टाइटनका प्रशिक्षक महेशप्रसाद रिजालले पनि दुई दशकअघि पोखरा आउँदाको अवस्थाभन्दा अहिले समय जसरी कायापलट भएको छ, त्यसरी नै मैदान पनि उत्कृष्ट देखिएको बताए। ‘मैदान धेरै राम्रो छ। पिच पनि राम्रो छ,’ उनले भने, ‘प्रतीक्षा त केवल टसको मात्रै बाँकी छ।’ तीन महिनादेखि मैदान मर्मतसम्भारमा जुटिरहेका पिच क्युरेटर प्रदीप राउतका अनुसार प्रतियोगिताको उद्घाटन खेलका लागि पिच नं १ र ३ तयारी गरिएको बताए। उनले दुवै पिच जुनमा खेलाए पनि उपयुक्त हुने स्पष्ट पारे।

प्रकाशित: ९ कार्तिक २०७५ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App