८ वैशाख २०८१ शनिबार
राजनीति

केन्द्रले शिक्षामा हेपाहा व्यवहार गर्‍याे : मुख्यमन्त्री राउत

रौतहट - प्रदेश २ का मुख्यमन्त्री शेख लालबाबु राउत गदीले शिक्षामा केन्द्र सरकारले हेपाहा प्रवृत्ति राखेर व्यवहार गरेकोले मधेस पछाडी परेको आरोप लगाएका छन्। शैक्षिक दृष्टिकोणले प्रदेश २ पछाडी पर्नुमा केन्द्र सरकारको हेपाहा प्रवृत्ति र व्यवहार नै भएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले प्रदेशको शिक्षालाई गुणस्तरीय बनाउन प्रदेश सरकार गम्भीर रहेको बताए।

जमिअत उलमाए नेपालद्वारा रौतहट सदरमुकाम गौरमा विहिबार आयोजित “अल नेपाल शैक्षिक जागरण सम्मेलन” लाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मानव सुचकांकको दृष्टिकोणबाट ७ प्रदेशमा सबैभन्दा पछि रौतहट रहेकोमा यहाँ विभिन्न किसिमका समस्या जन्मिने गरेको र सबै समस्याको प्रमुख कारण अशिक्षा रहेको बताए। आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन सक्रिय भएर नलागेसम्म सभ्य समाजको निर्माण हुन कठिन हुने बताउँदै मुख्य मन्त्री राउतले अरुलाई दोष दिनुपूर्व आफै पनि सजग भएर छोरासँगै छोरीलाई समेत विद्यालय पठाउने कार्यमा लाग्नुपर्ने बताए।

सातै प्रदेशमा नभएको तथा मधेश आन्दोलनको मर्म र संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै प्रहरी ऐन ल्याएको चर्चा गर्दै मुख्यमन्त्री राउतले उक्त ऐन अनुसार प्रदेश नम्वर २ मा रहेका विभिन्न जातजातीहरुको जनसंख्याको आधारमा त्यती प्रतिशत सिट आरक्षित गरिएको हुँदा कसैलार्इ पनि अन्याय नहुने बताए। प्रदेश प्रहरी पूर्णरुपमा समावेशी हुने मुख्यमन्त्रीको दाबी छ।

 

प्रकाशित: ८ कार्तिक २०७५ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App