७ वैशाख २०८१ शुक्रबार
समाज

‘दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’

काठमाडौं - पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ। चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ। 

विहिबार काठमाडाैंमा आयोजित अन्तरक्रियामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा पछिल्लो पटक आयोगमा महिला हिंसासम्बन्धी उजुरी बढ्दै गएको बताए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले महिला हिंसा अन्त्यका लागि भएका ऐन/कानूनको कडाइका साथ कार्यान्वयन गर्नाका साथै चेतना फैलाउनुपर्नेमा जोड दिए। नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक किरण रानाले दिन प्रतिदिन महिला हिंसाका घटना बढ्दै गएको बताउँदै महिला हिंसा अन्त्यका लागि पुरुषको पनि उत्तिकै हात हुने धारणा व्यक्त गरे। महिला अधिकारकर्मी रमा पराजुलीले बलात्कारका घटनामा संलग्न दोषीलाई सरकारले कारवाही गर्न नसकेको आरोप लगाइन्। 

प्रकाशित: ८ कार्तिक २०७५ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App