coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फिफा बरियतामा नेपाल एक स्थान तल, बेल्जियम शीर्ष स्थानमा

काठमाडौ- फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ।  विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको हाे । अघिल्लो महिना नेपाल १६०औँ स्थानमा थियो । 
दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान १८८आैंस्थानमा रहँदा बङ्गलादेश १९४आैं, पाकिस्तान १९९औँ र श्रीलङ्का २०१आैं स्थानमा छन्।

विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा परेकाे छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौँथो र इङ्ल्याण्ड पाँचौँ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क छन्।

प्रकाशित: ८ कार्तिक २०७५ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App