८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा

तस्बिर : एजेन्सी

बेइजिङ - जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्य सहित विहिबार तीन दिने चीन भ्रमणका क्रममा बेइजिङ आइपुगेका छन्। जापानी प्रधानमन्त्रीका तर्फबाट सात वर्षपछि चीनमा भएकाे याे पहिलाे भ्रमण हाे। दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेकाे थिएन। 

दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन्। जापानका प्रधानमन्त्री आबेको भ्रमणले दुबै मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन एउटा परीक्षण गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भ्रमणलाई महत्वका साथ हेरिएको छ। 

प्रकाशित: ८ कार्तिक २०७५ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App