७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनाका कारण तीन महीनामा २५ को निधन

डोटी – सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५–०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन्। गत साउन महीनामा चार वटा सवारी दुर्घटनामा तीनजनाको, भदौ महीनामा १४ दुर्घटनामा सात जनाको र असोज महीनामा ११ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराका अनुसार सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेत नहुनुुलगायत कारणले दुर्घटना बढेको हो। आव ०७२–०७३ मा १५५ सवारी दुर्घटनाबाट १२१ जनाले ज्यान गुमाएका थिए। त्यस्तै आव ०७३–०७४ मा १८४ दुर्घटनामा १३२ ले र आव ०७४–०७५ मा १६४ सवारी दुर्घटनाबाट १६६ ले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क छ।   (रासस)

प्रकाशित: ८ कार्तिक २०७५ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App