coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश कमिटीलार्इ पूर्णता दिने जिम्मेवारी थापा र पाैडेललार्इ

फाइल तस्बिर

काठमाडाैं - केन्द्रिय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीकाे विहिबार बसेको सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरेको हो। दुई सदस्यीय कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिनुका साथै केन्द्रिय सदस्यहरुको कार्यविभाजन समेत गर्ने बैठकपछि महासचिव पौडेलले जानकारी दिए। कार्यदलले लगाएकाे टुङ्गाेलार्इ अर्काे सचिवालको बैठकमा पेश गरिनेछ। नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App