८ वैशाख २०८१ शनिबार
खेल

च्याम्पियन्स लिगः मेस्सीविना बार्सिलोनाको सहज जित

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘बी’ को खेलमा स्ट्राइकर लियोनल मेस्सीविनाको स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–० गोलले हराएको छ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि खेलको ३२ औं मिनेटमा राफिन्हा र ८३ औं मिनेटमा जोडी अल्बाले गोल गरेका थिए। स्पेनिस ला लिगाको पछिल्लो खेलमा चोट बोकेका मेस्सी करिब ३ साता मैदान बाहिर रहनेछन्। जितसँगै ३ खेलबाट ९ अंक जोडेको बार्सा तालिकाको शीर्ष स्थानमा रहँदा ६ अंकका साथ इन्टर दोस्रो स्थानमा छ।

यता समूह ‘डी’ अन्तर्गत रातिनै भएको खेलमा पोर्चुगलको एफसी पोर्टोले रसियाको लोकोमोटिभ मस्कोलाई ३–१ ले पराजित गरेको छ। जितपछि ३ खेलबाट ७ अंक जोडेको पोर्टो शीर्ष स्थानमा पुगेको छ। समान खेलबाट कुनैपनि अंक जोडन नसकेको मस्को भने पुछारमा छ।

यही समूहको अर्को खेलमा टर्कीको गालातासरे जर्मन क्लब साल्केसँग गोलरहित बराबरीमा रोकिएका छन्। बराबरीपछि ५ अंकका साथ साल्के दोस्रो र ४ अंकका साथ गालातासरे तेस्रो स्थानमा छन्।

प्रकाशित: ८ कार्तिक २०७५ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App