coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

च्याम्पियन्स लिगः डि मारियाको गोलमा पिएसजी हारबाट जोगियो

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इटालियन क्लब नापोलीले २–२ को बराबरी खेल्दै अंक बाडेका छन्।

खेलको २९ औं मिनेटमा नापोलीका लोरेन्जो इन्सीग्नेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ६१ औं मिनेटमा मारियो रुइले आफ्नै पोस्टमा गोल गर्दा पिएसजीले खेल बराबरी गर्यो। ७७ औं मिनेटमा नापोलीका ड्रिज मार्टिन्जले गरे।

तर दास्रो हाफको इन्जुरी समयमा एन्जल डि मारियाले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाएका थिए। जितपछि ३ खेलबाट ४ अंक सहित पिएसजी तालिकाको तेस्रो र नापोली ५ अंक सहित दोस्रो स्थानमा छन्।

प्रकाशित: ८ कार्तिक २०७५ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App