साफ यु–१५ च्याम्पियनसिप

नेपाल र माल्दिभ्स भिड्दै, सुखद नतिजाको लक्ष्यमा नेपाल

बिहिबार, ०८ कार्तिक २०७५, १२ : ५८ नागरिक

काठमाडौं – साफ यु–१५ च्याम्पियनसिप बिहीबार (आज) बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

नेपालका प्रशिक्षक सनोज श्रेष्ठले बुधबार माल्दिभ्सको सामना गर्दा सुखद नतिजाका  साथ साफ यु–१५ च्याम्पियनसिपको सुरुआत गर्ने बताएका छन्। कार्तिक १७ सम्म संचालन हुने प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, बंगलादेश, पाकिस्तान, भुटान र भारतको सहभागिता रहनेछ।

एन्फाले दुई साताअघि प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको थियो। यसका लागि एन्फाले एकेडेमीमा रहेका २६ र विभिन्न जिल्लाबाट छनोट भएका ४५ खेलाडीलाई समावेश गर्दै संयुक्त रूपमा प्रशिक्षण गराएको थियो। सो प्रशिक्षणबाट एकेडेमीका १९ र विभिन्न जिल्लाबाट आएका ५ खेलाडी अन्तिम टोलीमा स्थान बनाउन सफल भएका थिए। नेपाली टोलीको सहायक प्रशिक्षक राकेश श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा मनीष तिमल्सिना छन्।

‘हामी विगत एक वर्षदेखि एन्फा एकेडेमीमा निरन्तर अभ्यासमा छाैं। दसैंअघि विभिन्न जिल्लाबाट आएका खेलाडीमध्ये उत्कृट पाँच खेलाडीको उपस्थितिले टोली उत्साही बनेको छ,’ श्रेष्ठले भने, टोलीका प्राय सबै खेलाडी फिट छन्। त्यो टोलीको बलियो पक्ष हो।’

‘हामीले विपक्षी टोलीको खेल हेर्ने अवसर पाएका छैनाैं। किनभने सहभागी सबै टोलीका युवा खेलाडीका लागि यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ,’ श्रेष्ठले थपे, ‘हामी उत्कृष्टभन्दा उत्कृष्ट खेल खेल्दै उपाधि भित्र्याउने प्रयास गर्नेछौं।’

कप्तान प्रदीप लम्सालले पनि टोलीको तयारी राम्रो भएकाले टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी  भएको बताएका छन्।

यता माल्दिभ्सका प्रशिक्षक इब्राहिम हालिमले आफ्नो टोलीमा सहभागी खेलाडीको औसत उमेर १३–१५ वर्ष भएकाले यस प्रतियोगितालाई आगामी संस्करणको एएफसी यु–१६ छनोटको तयारीका रूपमा लिएको बताएका छन्।

‘नेपाल प्रतियोगिताकै बलियो टोली हो। त्यसैले उनीहरुविरुद्धको खेल कठिन हुनेछ,’ हालिमले भने, ‘हाम्रो तयारी पनि मात्र २ महिनाको भएको छ, त्यसैले हामी अनुभव बटुल्न चाहन्छाैं।’

नेपालले दोस्रो खेलमा सोमबार बंगलादेशको सामना गर्नेछ। दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्। नेपाल प्रतियोगिताको साबिक उपविजेता हो। गत वर्ष घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad