हिन्दीलाई पनि सरकारी भाषा बनाउनेगरी संविधान संशोधन पेस हुँदै

शुक्रबार, ०७ असोज २०७३, ०७ : ३६ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं- संविधानप्रति असहमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकनसहितको संशोधन प्रस्ताव लैजाने तयारी सुरु गरेका छन्।

नवलपरासीलाई अखण्ड बनाई त्यहाँदेखि बर्दियासम्मको भू-भागलाई एकै प्रदेश बनाउने र विवादित ५ जिल्लालाई  आयोगमार्फत टुंग्याउनेसहितको संशोधन प्रस्ताव लैजाने तयारी दाहालले गरेका हुन्। त्यसबारे मधेसी मोर्चाका शीर्ष नेतासँग प्रधानमन्त्रीले अनौपचारिक छलफलसमेत गरिसकेका छन्।

सीमांकनबारे दाहालले सुझाएको दुई विकल्पमध्ये पहिलोमा समर्थन जनाए पनि मोर्चाका नेताले भने विवादमा परेका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको भूभागलाई आयोगमार्फत नभई तत्कालै टुंग्याएर जानुपर्ने अडान राखेका छन्। जसका कारण संशोधन प्रस्तावले पूर्णता पाउन नसकेको प्रधानमन्त्रीनिकट स्रोतले नागरिकलाई बतायो। यद्यपि साता दिनभित्रै संशोधन प्रस्ताव प्रधानमन्त्री दाहालले संसद्मा पेस गर्दैछन्।

संशोधनका बुँदा

• नवलपरासी अखण्ड राख्दै नवलपरासी–बर्दियाको एक प्रदेश

• विवादित ५ जिल्ला टुंगो आयोगले गर्ने

• स्थानीय तह प्रदेश मातहत रहने

• वैवाहिक अंगीकृतले प्रमुख पदमा जान पाउने

• राष्ट्रियसभामा जनसंख्याको आधारमा प्रतिनिधित्व

• हिन्दी र अंग्रेजी पनि सरकारी कामकाजको भाषा

 

हालको सीमांकनमा प्रदेश नम्बर ४ लाई भारतीय सीमासम्म जोड्न नवलपरासीको पूर्वीभाग टुक््रयाएर राखिएको छ र बाँकी भाग प्रदेश नम्बर ५ मा राखिएको छ। दाहालका अनुसार अब आउने संशोधनमा नवलपरासीलाई अखण्ड राख्दै ५ नम्बरमा रहेका पहाडी भूभागलाई तल्लो भागमा जोड्ने प्रस्ताव राखेका छन्।

'सीमांकनबारे प्रधानमन्त्रीज्यूले दुई विकल्प दिनुभएको छ तर ५ जिल्लाको सीमांकन आयोगले नभई तत्कालै टुंगाएर जानुपर्ने सर्त हाम्रो छ,' रामसपाका महासचिव केशव झाले नागरिकसँग भने, 'त्यसमा छलफल गरिरहनुभएका प्रधानमन्त्रीसँग यो विषयमा सहमति भइसकेको छैन।' प्रधानमन्त्रीसहित सत्तारुढ कांग्रेसबाट समेत आएको उक्त प्रस्तावबारे मोर्चाभित्र अनौपचारिक छलफल चलिरहेको छ।

प्रधानमन्त्री दाहालले संविधान संशोधनबारे बिहीबार साँझ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए भने त्यसअघि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग पनि अलग–अलग छलफल गरिसकेका छन्। बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संविधान संशोधनबारे बुँदागत रूपमा मोर्चाका नेतासँग छलफल गरिरहेका हुन्।

नयाँ संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि प्रधानमन्त्री दाहालले स्थानीय तह प्रदेश मातहात हुनेगरी संविधान संशोधन प्रस्ताव लैजाने जनाइदिएका छन्। मोर्चा नेताले स्थानीय तहलाई अधिकारसम्पन्न गराएर प्रदेशलाई भने कमजोर बनाएको भन्दै आपत्ति जनाउँदै आएका थिए।

स्रोतका अनुसार भारत भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्थानीय तहको अधिकार कटौती गरी प्रदेशलाई अधिकारसम्पन्न बनाउन प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए। 'प्रधानमन्त्रीले स्थानीय तह प्रदेश माताहत रहनेगरी प्रस्ताव ल्याउने वचन दिनुभएको छ, त्यसले संघीय संरचनालाई बलियो बनाउने छ,' दाहालनिकट स्रोतले भन्यो।

प्रधानमन्त्री दाहालले वैवाहिक अंगीकृत बाहकलाई राज्यका प्रमुख पदमा जान बाधक नहुने गरी संशोधन प्रस्ताव व्यवस्थापिका संसद्मा लैजाँदै छन्। ‘अन्तरिम संविधान–२०६३ मा वैवाहिक अंगीकृतलाई जे सुविधा दिइएको छ, अब आउने संशोधनमा त्यही विषय समावेश भएर आउनेछ,' प्रधानमन्त्रीनिकट स्रोतले नागरिकसँग भन्यो।

राष्ट्रियसभामा सबै प्रदेशबाट समान प्रतिनिधित्व (२ देखि ४ सम्म) हुने भए पनि थप प्रतिनिधित्व भने जनसंख्याको आधारमा हुने गरी प्रस्ताव ल्याउने मोर्चाका नेतासमक्ष प्रतिबद्धता जनाइसकेका छन्। 'राष्ट्रियसभाको प्रतिनिधित्व प्रदेशअनुसार समान हुने भए पनि अब त्यहाँ जनसंख्याको आधारसमेत प्रतिनिधित्व गराउने गरी संशोधन लैजादै छौं,' प्रधानमन्त्रीनिकट स्रोतले भन्यो।

संविधान संशोधनका विषयमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि मोर्चा र संघीय गठबन्धनका नेतासँग निरन्तर संवाद गरिरहेका छन्।

हिन्दी भाषालाई समेत सरकारी कामकाजको भाषाको रूपमा संविधानको अनुसूचीमा राख्ने वचन प्रधानमन्त्री दाहाल र निधिले मोर्चा र गठबन्धनका नेतालाई दिइसकेका छन्। सरकारी कामकाजको भाषा नेपालीसहित हिन्दी र अंग्रेजी उल्लेख गरिने दाहालको भनाइ मोर्चाका नेतासमक्ष गएको छ।





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad