७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा नामको आधिकारिताबारे आयोगले निर्णय गर्ने

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा बुधवार सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ। 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आयोगमा छलफल भएको थियो। 

आयोगका प्रवक्ता एवं सहसचिव दीपक सुवेदीका अनुसार दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन दिउँसो दुई घण्टाको समय दिएको थियो। सो अवधिमा कुनै सहमति नजुटेपछि आयोगले चाँडै यसबारे निर्णय दिने जनाएको छ। 

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ति प्रधान र नेकपाका तर्फबाट अध्यक्ष कट्टेलले बहस गरी आफ्नो पक्षले उक्त नाम पाउनुपर्ने दाबी प्रस्तुत गरेका थिए। रासस

प्रकाशित: ७ कार्तिक २०७५ १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App