यु–१९ महिला फुटबल : नेपाल थाइल्याण्डसँग पराजित

बुधबार, ०७ कार्तिक २०७५, २१ : १६ नागरिक

काठमाडाैं- एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। थाइल्याण्डको चोनबुरी रङ्गशालामा बुधवार भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो। 

थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता र श्रीविपा जनताराकले गोल गरिन्। पताराननले खेल शुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन्। त्यस्तै खेलको १७औँ मिनेटमा पेनाल्टीमार्फत थप १ गोल गर्दै टिप्क्रिताले थाइल्याण्डको अग्रता दोब्बर बनाइन्। 

खेलको पहिलो हाफसम्म २–० को अग्रता लिएको थाइल्याण्डले खेलेको दोस्रो हाफमा पुन १ गोल थप्यो। दोस्रो हाफको अतिरिक्त समयमा थाइल्याण्डकी श्रीविपाले १ गोल गर्दै थाइल्याण्डलाई ३–० को सहज जित दिलाइन्। 

छनोटको समूह ‘बी’मा रहेको नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ। समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन्। छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। 

आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनशिपमा छनोट हुनेछन्। एएफसी यू–१९ महिला च्याम्पियनशिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ। च्याम्पियनशिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad